
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले बिचौलियाको बयानका आधारमा पार्टी र नेताहरूलाई बदनाम गर्न खोजिएको आरोप लगाउनु भएको छ ।
नेपाली कांग्रेस काभ्रेपलाञ्चोक जिल्ला कार्यसमितिले आयोजना गरेको कार्यक्रममा बोल्दै शर्माले सामाजिक सञ्जालमा सार्वजनिक भएका अपुष्ट सूचनाका आधारमा कसैप्रति धारणा बनाउन नहुने बताएका छन् । उनले पूर्वसभापति शेरबहादुर देउवाको टिप्पणीलाई लक्षित गर्दै बिचौलियाले दिएको भनिएको बयानलाई नै प्रमाणका रूपमा प्रस्तुत गर्नु गलत भएको बताउनु भएको छ ।
‘एउटा बिचौलियाले कहीँ भन्यो अरे। त्यसैका आधारमा यति खायो रे, उति बुझायो रे, यति करोड बुझायो रे भनेर फेसबुकमा लेखेर हुन्छ ?’ उनले प्रश्न गरेका छन् ।
शर्माले कांग्रेस सभापति गगन थापा र आफूलाई जोडेर करोडौँ रुपैयाँ बुझाएको भन्ने आरोपको आधारमाथि पनि प्रश्न उठाए छन् । जीवनमा मन्त्रीका रूपमा आठ–नौ महिना मात्रै जिम्मेवारी सम्हालेका गगन थापा र आफू सांसद मात्र बनेको व्यक्ति भएको उल्लेख गर्दै उनले त्यस्ता आरोपको विश्वसनीयतामाथि प्रश्न उठाएका हुन् ।
बिचौलियाले कसैको नाम लिँदैमा त्यसलाई प्रमाण मान्न नमिल्ने तर्क गर्दै शर्माले बैंक डकैतीमा पक्राउ परेको व्यक्तिले कसैको नाम लिएकै भरमा त्यसलाई अदालत र कानुनले प्रमाणका रूपमा स्वीकार नगर्ने उदाहरण दिएका छन् ।
‘एउटा बिचौलियाले कहीँ भन्यो अरे भन्दैमा त्यसैको हुइँयामा कुद्नु हुँदैन,’ उनले भने हुन् ।
शर्माले कांग्रेसको विशेष महाधिवेशनदेखि १५औँ महाधिवेशनसम्मका सबै प्रक्रिया पार्टीको विधि, विधान, प्रक्रिया र संविधानअनुसार इमानदारितापूर्वक सम्पन्न भएको दाबी गरेका छन् । राष्ट्रिय आवश्यकता र परिस्थितिका कारण पार्टीलाई नयाँ ढङ्गले अघि बढाउनुपर्ने अवस्था आएको उनको भनाइ थियो ।
उनले गगन थापाको नेतृत्वमा कांग्रेस योजनाबद्ध रूपमा अघि बढिरहेको उल्लेख गर्दै पार्टीलाई चुस्त र व्यवस्थित बनाउने अभियानमा सबै नेता तथा कार्यकर्ता एकजुट हुनुपर्ने बताए । विशेषगरी काभ्रेको कांग्रेसले आफ्नो संगठनको जग बलियो बनाउन ध्यान दिनुपर्ने उनले धारणा राखेका छन् ।
शर्माले पार्टीका नेता तथा कार्यकर्तालाई तनावमुक्त भएर अध्ययन, मेहनत र आत्मविश्वासका साथ संगठन निर्माणमा जुट्न आग्रह गरेका छन् ।
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी र सरकारबीच कुनै पनि प्रकारको विवाद वा समस्या नरहेको स्पष्ट...
काठमाडौँ : मधेश प्रदेशका प्रमुख सुरेन्द्रलाभ कर्णले नयाँ सरकार गठनका लागि मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गरेका छन् ।...
जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री यादवले विश्वासको मत लिने प्रयोजनका...