भीमफेदीमा माइक्रोबस दुर्घटना : मृतकको संख्या १४ पुग्यो, तीन घाइते चितवन रिफर – Naya Bikalpa
November 15, 2026, Sunday      Epaper

भीमफेदीमा माइक्रोबस दुर्घटना : मृतकको संख्या १४ पुग्यो, तीन घाइते चितवन रिफर

काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा भएको यात्रुवाहक माइक्रोबस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् ।

सशस्त्र प्रहरीका अनुसार माइक्रोबसमा चालकसहित २० जना सवार थिए ।

बिहीबार बिहान करिब ६ः१० बजे काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००१ ज ०८८० नम्बरको माइक्रोबस भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत सडकबाट करिब ७०० मिटर तल खसेर दुर्घटनामा परेको थियो ।

दुर्घटनामा मृत्यु भएका १४ जनामध्ये ११ जनाको शव हेटौँडा अस्पताल पुर्‍याइएको थियो । दुर्घटनास्थलमा थप तीन जनाको शव दिउँसो फेला परेको सशस्त्र प्रहरीले जनाएको छ । पछि फेला परेका तीन जनाको पहिचान खुल्न बाँकी छ भने अन्य मृतकको पहिचान खुलेको छ ।

दुर्घटनामा परी सर्लाहीको चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुरटोलका २५/२६ वर्षीय सुवेक यादव, आठ वर्षीया शिक्षा यादव, चार वर्षीया दिपीकाकुमारी यादव, २५ वर्षीय सुवोध यादव, ११ वर्षीया अनु राय यादव, १५ वर्षीय रोहन यादव, २७ वर्षीय रामदुलार राय यादव, ३० वर्षीय गुड्ड राय यादव, २७ वर्षीया गायत्रीदेवी यादव र २७ वर्षीया पुनम यादवको मृत्यु भएको छ ।

त्यस्तै, सर्लाहीकै कविलासी नगरपालिका–८ का ३० वर्षीय गाडी चालक रविशंकरकुमार मण्डलको पनि मृत्यु भएको सशस्त्र प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका ६ जनामध्ये तीन जना उपचारपछि हेटौँडा अस्पतालबाट डिस्चार्ज भएका छन् भने तीन जनालाई थप उपचारका लागि चितवन रिफर गरिएको छ ।

डिस्चार्ज हुनेमा चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुरटोलका ३३ वर्षीय मुकेश यादव, पाँच वर्षीय सक्षमकुमार यादव र २६ वर्षीय देवेन्द्र यादव रहेका छन् ।

चितवन रिफर गरिएकामा तीन वर्षीय सुजन यादव, ३१ वर्षीय देवेन्द्र राय यादव र १६ महिनाका सुदीप यादव छन् । उनीहरूमध्ये देवेन्द्र राय यादवको अवस्था गम्भीर रहेको छ भने अन्य दुई जनाको अवस्था मध्यम रहेको सशस्त्र प्रहरीका सहप्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

सम्बन्धित समाचार

सरकार र पार्टीबीच कुनै विवाद छैन : रवि लामिछाने
सरकार र पार्टीबीच कुनै विवाद छैन : रवि लामिछाने
  • २०८३ कार्तिक २७, १६: ५५

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी र सरकारबीच कुनै पनि प्रकारको विवाद वा समस्या नरहेको स्पष्ट...

मधेशमा मुख्यमन्त्रीका लागि दाबी आह्वान
मधेशमा मुख्यमन्त्रीका लागि दाबी आह्वान
  • २०८३ कार्तिक २७, १६: ५५

काठमाडौँ : मधेश प्रदेशका प्रमुख सुरेन्द्रलाभ कर्णले नयाँ सरकार गठनका लागि मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गरेका छन् ।...

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०८३ कार्तिक २७, १६: ५५

काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...