कस्तो रहला आजको मौसम ? – Naya Bikalpa
November 15, 2026, Sunday      Epaper

कस्तो रहला आजको मौसम ?


काठमाडौं : देशका हिमाली तथा पहाडी भू–भागमा आज आंशिक बदली रहने भएको छ भने तराईका क्षेत्रमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसो हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ । हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै, राति पनि हिमाली र पहाडी भू–भागमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ । तराईका साथै उपत्यका र खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

रातिको समयमा कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने अनुमान गरिएको छ ।

सम्बन्धित समाचार

सरकार र पार्टीबीच कुनै विवाद छैन : रवि लामिछाने
सरकार र पार्टीबीच कुनै विवाद छैन : रवि लामिछाने
  • २०८३ कार्तिक २८, ०७: ५३

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी र सरकारबीच कुनै पनि प्रकारको विवाद वा समस्या नरहेको स्पष्ट...

मधेशमा मुख्यमन्त्रीका लागि दाबी आह्वान
मधेशमा मुख्यमन्त्रीका लागि दाबी आह्वान
  • २०८३ कार्तिक २८, ०७: ५३

काठमाडौँ : मधेश प्रदेशका प्रमुख सुरेन्द्रलाभ कर्णले नयाँ सरकार गठनका लागि मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गरेका छन् ।...

भक्तपुरको प्रजापति कम्प्लेक्समा आगलागी
भक्तपुरको प्रजापति कम्प्लेक्समा आगलागी
  • २०८३ कार्तिक २८, ०७: ५३

भक्तपुर । भक्तपुरको राधेराधेस्थित प्रजापति कम्प्लेक्सको पाँचौँ तलामा रहेको एक रेस्टुरेन्टमा शनिबार बिहान आगलागी भएको छ। शनिबार बिहान करिब ७...