
काठमाडौं : सुदूरपश्चिम रोयल्स तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को प्लेअफमा प्रवेश गरेको छ । काठमाडौं गोर्खाजलाई ७ रनले हराउँदै सुदूरपश्चिमले प्लेअफमा स्थानमा सुरक्षित गरेको हो ।
सुदूरपश्चिम जारी प्रतियोगितामा प्लेअफमा स्थान सुनिश्चित गर्ने दोस्रो टोली हो । यसअघि लुम्बिनी लायन्सले प्लेअफमा स्थान बनाइसकेको छ ।
आजको खेलमा सुदूरपश्चिमले दिएको १२६ रनको लक्ष्य पछ्याएको काठमाडौंले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११८ रन मात्र बनाउन सक्यो । काठमाडौंका लागि राशिद खानले अविजित ३५, दुशान हेमन्थाले २१, साम हिजलेटले ११ र सन्तोष यादवले १० रन बनाए ।
बलिङतर्फ सुदूरपश्चिमका लागि अनिल खरेलले दुई तथा स्कट कुग्लिन, फाबियन एलन र हेमन्त धामीले एक एक विकेट लिए ।
त्यसअघि कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा छ विकेट गुमाएर १२५ रन बनायो । सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले अर्धशतकीय पारी खेले । उनले ५५ बलमा ५ चौका र २ छक्कासहित ६० रनको पारी खेले । जारी एनपिएलमा कप्तान ऐरीको यो पहिलो अर्धशतक हो ।
यस्तै, काठमाडौंविरुद्ध थरिन्दु रत्नायकेले अविजित २६ र आरिफ शेखले १६ रन बनाए । बलिङतर्फ काठमाडौंका लागि जहानदाद खानले ३ र सन्तोष यादवले २ विकेट लिए । आजै अर्को खेल चितवन राइनोज र जनकपुर बोल्ट्सबीच हुँदै छ ।
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी र सरकारबीच कुनै पनि प्रकारको विवाद वा समस्या नरहेको स्पष्ट...
काठमाडौँ : मधेश प्रदेशका प्रमुख सुरेन्द्रलाभ कर्णले नयाँ सरकार गठनका लागि मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गरेका छन् ।...
काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...