आइतबारदेखि वर्षा र हिमपातको सम्भावना – Naya Bikalpa
November 15, 2026, Sunday      Epaper

आइतबारदेखि वर्षा र हिमपातको सम्भावना

काठमाडौं : देशमा पश्चिमी वायुको प्रभाव बिस्तारै बढ्दै जाँदा आइतबारदेखि सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागमा वर्षा र हिमपातको सम्भावना देखिएको छ ।

केही स्थानमा मेघगर्जन, चट्याङ तथा असिनासमेत पर्न सक्ने भएकाले काट्न बाँकी रहेको धानबाली सुरक्षित गर्न मौसमविद्ले सुझाव दिएका छन् ।

नेपाल मौसम विज्ञान विभागकी मौसमविद् विभूति पोखरेलका अनुसार शुक्रबार र शनिबार देशभरको मौसम सामान्यतया सफा रहनेछ ।

यी दुई दिन पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा भए पनि ठूलो मौसमी परिवर्तनको सम्भावना छैन । तर आईतवारदेखि पश्चिमी वायुको प्रभावका कारण मौसममा परिवर्तन आउने देखिएको छ ।

आइतबार विशेष गरी सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा वर्षाको सम्भावना छ । यसको प्रभाव गण्डकी प्रदेशसम्म विस्तार हुनसक्ने मौसमविद् पोखरेलले बताइन् । त्यस्तै बागमती र कोशी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा पनि वर्षा हुन सक्ने अनुमान गरिएको छ ।

पश्चिमी वायुको प्रभावबाट हुने वर्षासँगै केही स्थानमा असिना, मेघगर्जन र चट्याङको सम्भावना पनि रहने उनको भनाइ छ । विशेष गरी अहिले खेतमा रहेको धानबाली र काटेर सुकाउन राखिएको परालमा वर्षा तथा असिनाले क्षति पुर्‍याउन सक्ने भएकाले किसानले सावधानी अपनाउनुपर्ने देखिन्छ ।

सम्बन्धित समाचार

सरकार र पार्टीबीच कुनै विवाद छैन : रवि लामिछाने
सरकार र पार्टीबीच कुनै विवाद छैन : रवि लामिछाने
  • २०८३ कार्तिक २८, १७: ०६

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी र सरकारबीच कुनै पनि प्रकारको विवाद वा समस्या नरहेको स्पष्ट...

मधेशमा मुख्यमन्त्रीका लागि दाबी आह्वान
मधेशमा मुख्यमन्त्रीका लागि दाबी आह्वान
  • २०८३ कार्तिक २८, १७: ०६

काठमाडौँ : मधेश प्रदेशका प्रमुख सुरेन्द्रलाभ कर्णले नयाँ सरकार गठनका लागि मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गरेका छन् ।...

भक्तपुरको प्रजापति कम्प्लेक्समा आगलागी
भक्तपुरको प्रजापति कम्प्लेक्समा आगलागी
  • २०८३ कार्तिक २८, १७: ०६

भक्तपुर । भक्तपुरको राधेराधेस्थित प्रजापति कम्प्लेक्सको पाँचौँ तलामा रहेको एक रेस्टुरेन्टमा शनिबार बिहान आगलागी भएको छ। शनिबार बिहान करिब ७...