एनपिएलमा आज लिग चरणका अन्तिम दुई खेल हुँदै – Naya Bikalpa
November 15, 2026, Sunday      Epaper

एनपिएलमा आज लिग चरणका अन्तिम दुई खेल हुँदै


काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल)मा आज लिग चरणका अन्तिम दुई खेल हुँदै छन् ।

आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मध्याह्न १२:३० बजे हुने पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्स तथा बेलुकी ५ बजे हुने खेलमा काठमान्डु गोर्खाज र पोखरा एभेन्जर्सबी प्रतिस्पर्धा हुनेछ ।

चितवन र काठमान्डु प्लेअफमा प्रवेश गरिसेका छन् । भने, कर्णाली र पोखरा प्रतियोगिताबाट बाहिरिएका छन् ।

यद्यपि, आजको खेल काठमान्डुका लागि महत्त्वपूर्ण छ । एक बाँकी रहँदा काठमान्डु ८ अंकसहित तालिकामा तेस्रो स्थानमा छ । उसले आजको खेलको नजिता आफ्नो पक्षमा पार्नसके र रनरेटमा सुधार भए १० अंकसहित दोस्रो स्थानमा रहेको सुदूरपश्चिम रोयल्सलाई जितेर अन्तिम दुईमा रहँदै पहिलो प्लेअफ खेल पाउनेछ । र, उक्त खेलमा पराजित भए पनि फाइनल पुग्न दोस्रो मौका पाउनेछ ।

यता, चितवनको लक्ष्य आजको खेलमा जित हात पारेर अंक तालिकामा स्थान सुधार गर्नेछ ।

सम्बन्धित समाचार

कस्तो रहला आजको मौसम ?
कस्तो रहला आजको मौसम ?
  • २०८३ कार्तिक ३०, ०८: ०४

काठमाडौं : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ । मौसम...

आज देशभर अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरी छठ पर्व मनाइँदै
आज देशभर अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरी छठ पर्व मनाइँदै
  • २०८३ कार्तिक ३०, ०८: ०४

काठमाडौं । सूर्यदेवको आराधना, प्रकृतिप्रतिको सम्मान तथा पारिवारिक सुख, शान्ति र समृद्धिको कामनासहित आज देशभर छठ पर्व मनाइँदैछ । चार...

सरकार र पार्टीबीच कुनै विवाद छैन : रवि लामिछाने
सरकार र पार्टीबीच कुनै विवाद छैन : रवि लामिछाने
  • २०८३ कार्तिक ३०, ०८: ०४

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी र सरकारबीच कुनै पनि प्रकारको विवाद वा समस्या नरहेको स्पष्ट...