
नयाँ विकल्प
काठमाडाैं-कार्णाली प्रदेश अस्पताल सुर्खेतमा मा कार्यरत डा. हरि सापकोटाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ। वरिष्ठ अर्थोपेडिक सर्जन डा. सापकोटाको उपचारका क्रममा भेरी अञ्चल अस्पताल नेपालगञ्जमा मृत्यु भएको हो।
उनकाे बिहीबार दिउँसो ३ बजे मृत्यु भएको हो।कोभिड–१९ पुष्टि भएपछि उनलाई दुई साताअघि नेपालगञ्ज उपचारका लागि प्रदेश अस्पतालबाटै रिफर गरिएको थियो। कर्णाली प्रदेश अस्पतालका निर्देशक डा। डम्बर खड्काका अनुसार उनलाई ज्वरो, रुघाखोकी जस्ता लक्षण देखिएका थिए। डाक्टर सापकोटालई मधुमेह र उच्च रक्तचाप पनि थियो ।
‘कोरोना पुष्टि भएपछि उहाँलाई हामीले नेपालगञ्ज रिफर गरेका थियौं, घर पनि उतै भएकाले उपचारमा सजिलो होला भनेर पठाएका थियौं,’ उनले भने। ५९ वर्षीय अर्थोपेडिक सर्जन सापकोटा १४ वर्षदेखि कर्णाली प्रदेश अस्पतालमा कार्यरत थिए।
उनले मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालका रूपमा यो अस्पताल हुँदा तीन पटक निमित्त मेडिकल सुपरिटेण्डेण्ट भएर अस्पतालको नेतृत्व गरेका थिए। सापकोटा अस्पताल स्थापनादेखि नै यहाँ कार्यरत रहेका थिए
काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...
काठमाडौं : त्रिभुवन विश्वविद्यालयका शीर्ष पदाधिकारीहरूले राजीनामा दिएका छन् । उपकुलपति प्रा. दीपक अर्याल, रेक्टर प्रा. खड्ग केसी र रजिस्ट्रार प्रा. केदारप्रसाद...