अमेरिकासँग वार्ता नगर्ने उत्तर केरियाको अडान – Naya Bikalpa
June 10, 2026, Wednesday      Epaper

अमेरिकासँग वार्ता नगर्ने उत्तर केरियाको अडान

उत्तर कोरियाले दक्षिण कोरियामा अमेरिकासँग भेटवार्ता नगर्ने अडान जारी राखेको छ । ओलम्पिक खेलकूदमा सहभागिताका लागि दक्षिण कोरिया गएको समयमा उत्तर कोरियाली अधिकारीले अमेरिकी अधिकारीसँग भेटवार्ता नगर्ने बताएको हो ।

शुक्रबारदेखि दक्षिण कोरियामा शुरु भएको शीतकालीन ओलम्पिक खेलकूदमा भाग लिन उत्तर कोरियाका उच्च सरकारी अधिकारी दक्षिण केरिया पुगेका छन् ।

उत्तर कोरियाको तर्फबाट किम यङ–नामको नेतृत्वको एक प्रतिनिधिमण्डल दक्षिण कोरिया पुगेको छ । उनी उत्तर कोरियाको संसदका प्रमुख हुन् । उनी विगत निकै लामो समयपछि दक्षिणको भ्रमण गर्ने उत्तर कोरियाली एक उच्च राजनीतिज्ञ हुन् । उनको साथमा अन्य तीनजना उच्च सरकारी अधिकारी र १८ जना सहयोगी कर्मचारी संलग्न रहेको दक्षिण कोरियाली एकता मन्त्रालयले जनाएको छ ।
उक्त खेलकू्दमा उत्तर कोरियाले पनि सहभागिता जनाएका कारण दुई देशको सम्बन्धमा सुधार हुने आशा गरिएको छ ।

त्यसैकारण पनि यस खेलकूदलाई सम्बन्ध सुधारका रुपमा हेरिएको छ । उत्तर कोरियाले बारम्बार गर्ने गरेको पारमाणविक र क्षेप्यास्त्र कार्यक्रमलाई लिएर उत्तर कोरियाको अन्तराष्ट्रिय रुपमा आलोचना हुँदै आएका छ । उसले विगत लामो समयदेखि नै दबाब, नाकाबन्दी र प्रतिबन्धको सामना पनि गर्दै आएको छ ।

सम्बन्धित समाचार

फिलिपिन्समा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी जारी
फिलिपिन्समा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी जारी
  • २०७४ माघ २९, ०९: २४

काठमाडौँ ।  फिलिपिन्समा शक्तिशाली भूकम्प गएपछि सुनामीको चेतावनी जारी गरिएको छ। अमेरिकाको भूगर्भ सर्वेक्षण संस्थाका अनुसार भूकम्प जमिनको सतहबाट करिब...

अमेरिका–इरान तनाव चुलिँदै, राडार केन्द्रमा आक्रमण र क्षेप्यास्त्र अवरोधको दाबी
अमेरिका–इरान तनाव चुलिँदै, राडार केन्द्रमा आक्रमण र क्षेप्यास्त्र अवरोधको दाबी
  • २०७४ माघ २९, ०९: २४

काठमाडौँ । अमेरिका र इरानबीचको तनाव झनै बढ्दै गएको छ। अमेरिकी सेनाले इरानका तटीय राडार केन्द्रहरूमा आक्रमण गरेको दाबी गरेको...

इरानका पूर्व सर्वोच्च नेता खामेनीको अन्तिम संस्कार जुनमा हुने
इरानका पूर्व सर्वोच्च नेता खामेनीको अन्तिम संस्कार जुनमा हुने
  • २०७४ माघ २९, ०९: २४

काठमाडौँ । अमेरिका र इजरायलको संयुक्त हवाई आक्रमणमा मृत्यु भएका इरानका पूर्व सर्वोच्च नेता आयातुल्लाह अली खामेनीको निधन भएको तीन...