काठमाडौं । छन्द कवि मनोज भण्डारीको कविता संग्रह ‘ईश्वरलाई चिठी’ सर्वनाम थिएटर काठमाडौमा शनिबार दिउँसो विमोचन गरिएको छ । रचनावाचन समूहले प्रकाशन गरेको सो संग्रह दर्शकदिर्घा र अतिथिहरुले एक साथ विमोचन गरेका थिए । कार्यक्रमका बोल्दै छन्द कवि रमेश खकुरेलले कवि मनोज भण्डारीको यो कविता संग्रहले नेपाली छन्द कवितामा थप उचाइ थप्ने दाबी गरे ।
तन्नेरी भएर पनि मनोजका कविताहरु एउटा अनुभवी कविले लेखेको भन्दा कम नभएको बताए । सोही कार्यक्रममा रचनाबाचन समुहका तर्फबाट आफ्नो रचनाको रोयल्टी बुझ्दै कार्यक्रमका अर्का वक्ता डा. देवी नेपालले पछिल्लो समय रचनावाचन मार्फत कविहरुले रोयल्टी पाउन थाल्नुले अब कविहरु बाँच्न सक्ने आधार सुनिश्चित हुँदै गएको बताए । अर्का छन्द कवि डा. रामप्रसाद ज्ञवालीले मनोजको कवितामा देश, जीवन दर्शन भेटिने गरेको र छन्द कवितामा वाचन कला आवश्यक रहेको बताए । लेखन र वाचनमा कवि भण्डारी अब्बल रहेको उनले दाबी पनि गरे । पाका छन्दकविहरुलाई मनोज चुनौती बनेर आएको पनि उनले बताए ।
सोही कार्यक्रममा कवि खकुरेलले अघिल्लो वर्ष रचनावचानले प्रकाशन गरेको गजलकार कमल संघर्षको ‘सडक’ गजल संग्रह बापतको रोयल्टी नगद रु. ५० हजारको चेक हस्तारण गरे । यस्तै कवि अर्जुन पराजुली, बलराम दाहाल, बुनु लामिछाने, देवी नेपाल, ज्ञानुवाकर पौडेल, जय गौडेल, कमल संघर्ष, माधव खतिवडा, मनोज भण्डारी, नवराज पराजुली, राम अविरल विष्ट, सुदेश सत्याल लगायतलाई युट्युबमा आफ्ना रचना वापतको रोयल्टी रचनाबाचन समुहले सो कार्यक्रममा प्रदान ग¥यो । सबैका रचना सबै माझ पु¥याउने उद्देश्यका साथ रचनावाचन समूह लागि परिपरेको रचनावाचनका अभियन्ता सुरेश सुवेदीले बताए ।
काभ्रे । पनौती नगरस्थित कुशादेवी क्षेत्रमा आउँदो पुसदेखि प्याराग्लाइडिङ सञ्चालन हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले...
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज काठमाडौंको वसन्तपुर डबलीमा चुनावी सभा गर्दैछ । दिउँसो १ बजे हुने सभामा अध्यक्ष राजेन्द्र...
सुर्खेत । युरोपियन युनियनको प्रतिनिधिमण्डलले पहिलोपटक सुर्खेतमा आयोजना गरेको ११औँ संस्करणको नेपाल–युरोपियन युनियन चलचित्र महोत्सव जारी छ ।कात्तिक १९ गतेदेखि...