राजधानीमा १४३० सहित मुलुकभर २६३८ जना कोरोना संक्रमित थपिए, १२ जना थप संक्रमितको निधन – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper

राजधानीमा १४३० सहित मुलुकभर २६३८ जना कोरोना संक्रमित थपिए, १२ जना थप संक्रमितको निधन


नयाँ विकल्प,

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप दुई हजार छ सय ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख १७ हजार ९९६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमका अनुसार नेपालमा हालसम्म सक्रिय कोरोना संक्रमितको संख्या ३६ हजार तीन सय ६७ पुगेको छ ।

थपिएका संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्र एक हजार चार सय तीन रहेका छन् । मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा नौ सय ९६, भक्तपुर जिल्लामा एक सय दुई, र ललितपुर जिल्लामा तीन सय पाँच संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा थप दुई हजार एक सय ७४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ८० हजार नौ सय ५४ पुगेको छ ।


पछिल्लो २४ घण्टामा थप १२ जनाको कोरोनाले मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सख्या ६७५ पुगेको छ ।

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
  • २०७७ आश्विन २८, १७: ०१

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन्  । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...

जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
  • २०७७ आश्विन २८, १७: ०१

काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...

राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
  • २०७७ आश्विन २८, १७: ०१

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...