
नयाँ विकल्प,
काठमाडौं –
लोकसेवा आयोगको विज्ञापन रोक्न सर्वाेच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।
आयोगले आउँदो असोज २९ गतेका लागि प्रकाशित गरेको नेपाल विविध सेवा समूहअन्तर्गत सहसचिव (राजपत्राङ्कित प्रथम श्रेणी) तहको सूचना प्रविधि विज्ञ पदको लागि आन्तरिक प्रतिस्पर्धाबाट पदपूर्तिका लागि गरेको विज्ञापन रोक्न अन्तरिम आदेश जारी गरेको हो ।
लिखित परीक्षामा प्रतिस्पर्धात्मक रूपमा सामेल भई उत्तीर्ण भएका तीन जना अन्तर्वार्ताको लागि सिफारिस भएका थिए। २०७७ असार ३१ गते अन्तर्वार्ताको लागि मिति तोकिएको थियो तर देशभर कोरोना भाइरसका कारण लकडाउन भएकाले अन्तर्वार्ता स्थगन गरिएको थियो ।
स्थगित भएको परीक्षा असोज २९ गते गर्ने भनी लोकसेवा आयोगले सूचना जारी गरेपछि आज अन्तरिम आदेश दिएको हो । लिखितमा नाम निस्केनेमध्येका एक जना प्रतिस्पर्धी रमेशराज सुवेदी कोरोना संक्रमित भएका थिए ।
कोरोना संक्रमित भएर आइसोलेनमा बसेको समयमा लोकसेवाले नयाँ परीक्षाको सूचना जारी गरेपछि उनी सर्वाेच्चको ढोका ढकढक्याउन पुगेका थिए ।
यसैगरी, लोकसेवा आयोगले बुधबार मात्रै पनि खुल्ला प्रतियोगिताबाट ८० जना सहसचिव र खुल्ला प्रतियोगिताबाटै दुई सय छ जना उपसचिवको माग गरेको थियो । सरकारले पहिलो पटक खुल्ला प्रतिष्पर्धाबाट यतिधेरै सख्यामा सहसचिव (राजपत्रांङ्कित प्रथम श्रृणीमा कर्मचारी भर्न गर्न खोजेको हो ।
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...
काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...