हङकङमा अमेरिकी दूतावास नजिकैबाट १९ वर्षे चर्चित अभियानकर्मी चुङ्ग पक्राउ – Naya Bikalpa
January 19, 2026, Monday      Epaper

हङकङमा अमेरिकी दूतावास नजिकैबाट १९ वर्षे चर्चित अभियानकर्मी चुङ्ग पक्राउ


नयाँ विकल्प
काठमाडाैं-हङकङका एक प्रभावशाली अभियानकर्तालाई सादा पोशाकमा रहेका प्रहरी अधिकारीहरूले अमेरिकी वाणिज्य दूतावास नजिकैबाट गिरफ्तार गरी हिरासतमा लिएका छन्। टोनी चुङ्ग शरणका लागि निवेदन दिन मङ्गलवार वाणिज्य दूतावास जाने योजनामा रहेको फ्रेन्ड्स्‌ अफ हङकङ नामक समूहले जनाएको छ। प्रहरीले चुङ्ग र अन्य दुईलाई एउटा जारी अनुसन्धानसँग सम्बन्धित रहेर पक्राउ गरिएको जनाएको छ।


पक्राउ पर्ने तिनैजना स्वतन्त्रता समर्थक समूहका पूर्व सदस्यहरू थिए। यूकेमा रहेको सङ्गठन हङकङ वाचले चीनको राष्ट्रिय सुरक्षासम्बन्धी कानुन अन्तर्गत यी पक्राउहरू गरिएको र बेइजिङले अन्तर्राष्ट्रिय कानुन एवम् मानवअधिकारसम्बन्धी प्रतिबद्धताको उल्लङ्घन गरेको यो पछिल्लो उदाहरण भएको जनाएको छ।

विवादास्पद राष्ट्रिय सुरक्षासम्बन्धी कानुन अन्तर्गत पक्राउ पर्ने १९ वर्षीय चुङ्ग पहिलो चिनिएका अनुहार हुन् र उनलाई गत जुलाई महिनामा पनि पक्राउ गरिएको थियो। स्वतन्त्र हङकङको पक्षमा वकालत गर्ने सङ्गठनमा संलग्न रहेको आरोपमा उनलाई पक्राउ गरिएको थियो र पछि धरौटीमा रिहा गरिएको थियो। हङकङको राष्ट्रिय सुरक्षा कानुन गत जुनबाट कार्यान्वयनमा आएको थियो।

कानुनमा के छ ?


चीनको केन्द्रीय र हङ्‍कङको क्षेत्रीय सरकारविरुद्ध घृणा फैलाउने काम गरे वा पृथकतावाद, विद्रोह, आतङ्कवाद र विदेशीसँगको साँठगाँठको अपराध गरेको पाइए आजीवन कारावाससम्मको सजाय हुने भन्ने उक्त कानुनमा उल्लेख छ।

त्यस्ता व्यवस्थाहरूले सन् १९९७ मा ब्रिटिश शासन अन्त्य भएर ५० वर्षका लागि हङकङले पाएको स्वतन्त्रताको सुनिश्चितता अन्त्य हुने आलोचकहरूले बताएका थिए। सो कानुनको विश्वभर आलोचना भएको थियो। प्रजातन्त्र समर्थक थुप्रै समूहहरूले सुरक्षा कानुन ल्याइएपछि त्यसको अवज्ञा गरेका थिए।

साउथ चाइना मर्निङ पोष्ट पत्रिकाका अनुसार मङ्गलवार बिहान चुङ्गलाई पक्राउ गरिँदा उनी वाणिज्य दूतावासको अगाडि रहेको कफी पसलमा थिए। वाणिज्य दूतावास नजिकै खिचिएको भिडिओ सामग्रीमा ती किशोरलाई सादा पोशाकमा रहेका मानिसहरूले समातेर लगेको देखिन्छ। स्टुडेन्टलोकलिज्म समूहले त्यतिबेला अधिकारीहरूले चुङ्गसहित आफ्नो समूहका तीनजनालाई पक्राउ गरिएको जनाएको छ।

प्रहरीले जारी रहेको एउटा अनुसन्धान अन्तर्गत पक्राउ गरिएको जनाएको छ। पक्राउ गरिएको केही घन्टापछि मिडियाको अपुष्ट विवरण अनुसार चारजना अभियानकर्मी अमेरिकी वाणिज्य दूतावास प्रवेश गरेका थिए तर उनीहरूलाई फर्काइएको थियो।

अमेरिकी वाणिज्य दूतावासले त्यसबारेमा सोधपुछ गर्दा कुनै प्रतिक्रिया जनाएको छैन। गत अगष्टमा, चिनियाँ अधिकारीहरूले हङकङबाट ताइवान जान लागेको ठानिएको डुङ्गालाई रोकेर १२ जना मानिसहरूलाई पक्राउ गरेको बताइन्छ। त्यसरी पक्राउ परेकाहरूले ताइवानमा शरण खोज्ने प्रयास गरेको हङकङका सञ्चारमाध्यमले जनाएका थिए। विविसीबाट

सम्बन्धित समाचार

आशिका तामाङले रास्वपाबाट पाइन् टिकट, धादिङ-१ बाट चुनाव लड्ने
आशिका तामाङले रास्वपाबाट पाइन् टिकट, धादिङ-१ बाट चुनाव लड्ने
  • २०७७ कार्तिक १३, १५: ४२

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले धादिङ क्षेत्र नम्बर १ मा आशिका तामाङलाई उम्मेदवार बनाउने भएको छ । सोमबार रास्वपा पार्टी...

रास्वपाले कहाँ-कहाँ टुंग्यायो उम्मेदवार ?
रास्वपाले कहाँ-कहाँ टुंग्यायो उम्मेदवार ?
  • २०७७ कार्तिक १३, १५: ४२

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवारको टुंगो लगाउन...

निर्वाचन आयोगले सुरु गर्‍यो ‘कल सेन्टर’
निर्वाचन आयोगले सुरु गर्‍यो ‘कल सेन्टर’
  • २०७७ कार्तिक १३, १५: ४२

काठमाडौं : मतदाताका निर्वाचनसम्बन्धी जिज्ञासाको निःशुल्क जानकारी दिने उद्देश्यले आजदेखि निर्वाचन आयोगले ‘कल सेन्टर’ शुभारम्भ गरेको छ । निर्वाचनसम्बन्धी केही जिज्ञासा...