
नयाँ विकल्प
काठमाडाैं- स्वास्थ्य मन्त्रालयले शुक्रराज ट्रपिकल तथा सरूवा राेग अस्पताल टेकुमा भर्ना हुने कोरोना संक्रमित बिरामीको लागि उपचार शुल्क तालिका सार्वजनिक गरेको छ। सार्वजनिक शुल्क गत शुक्रबारदेखि लागू भएको हाे।
यस अघि धुलिखेल अस्पतालले समेत उपचार पूर्व धराैटि र शुल्क निर्धारण गरेकाे थियाे ।
स्वास्थ्य मन्त्रालयले शुक्रराज ट्रपिकल तथा सरूवा राेग अस्पताल टेकुमा भर्ना हुने कोरोना संक्रमित बिरामीको लागि भेन्टिलेटर आवश्यक पर्ने जटिल अवस्थाका कोरोना संक्रमितलाई आइसियूमा भर्ना गर्न ५० हजार धरौटी बुझाउनु पर्नेछ।
मन्त्रालयका अनुसार त्यसको दैनिक खर्च भने १५ हजार लाग्नेछ। त्यसैगरी भेन्टिलेटरबिनाको आइसियू र क्याबिन आइसोलेसनमा भर्ना हुन परेमा ३० हजार धरौटी बुझाउनुपर्नेछ। त्यसको दैनिक खर्च भने ७ हजार ५ सय हुनेछ।
मध्यम जटिल अवस्थाका बिरामीहरूका लागि ग्यास्ट्रो आइसोलेसनमा भर्ना गर्न परेमा २० हजार धरौटी बुझाउनुपर्नेछ भने दैनिक तीन हजार ५ सय खर्च लाग्नेछ।
अस्पतालका प्रमुख कन्सल्टेन्ट र निर्देशकको लिखित निर्णयमा बिरामीको आर्थिक अवस्था र आवश्यकताका आधारमा दिइने बताइएपनि स्पष्ट निर्देशिका नबनेका कारण यस्ताे सेवा कागजमै सिमित रहने अवस्था बनेकाे छ ।
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...
काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...