दक्षिण अफ्रिकाका राष्ट्रपति जेकोब जुमाले राजीनामा दिएका छन् । उनले स्थानीय टेलिभिजन मार्फत राजीनामा दिएका हुन् । गल्ती गरेको स्वीकार्दै उनले आफू र अरू कोही पनि पूर्ण नभएको बताए ।
जुमाले सत्ता हस्तान्तरणका लागि आफ्नो दलसँग केही महिनाको समय मागेको र आफूले गरेका गल्तीबारे जान्न मात्र चाहेको बताए ।
महाभियोग र अविश्वासको प्रस्ताव ल्याउने धम्कीबाट आफूलाई डर नलागेको उनले बताए । पद त्यागेपछि सेवा, सुविधाहरू गुम्ने डर आफूमा भएको दावीको पनि उनले खण्डन गरे । सत्तारूढ एएनसीको निर्णयसँग आफू असहमत भए पनि तत्काल लागू हुने गरी राजीनामा दिएको उनले घोषणा गरे ।
योसँगै जुमा युगको अन्त्य भएको छ । किशोर अवस्थाको दक्षिण अफ्रिकाको लोकतन्त्रलाई चुस्त मान्ने गरिन्छ।यसअघि सत्तारूढ एएनसी पार्टीले राजीनामा दिन अथवा सदनमा महाभियोगको सामना गर्नका लागि तयार रहन जुमालाई चेतावनी दिएको थियो । उपराष्ट्रपति एवं पार्टी सभापति सिरिल रामापोसालाई मार्ग प्रशस्त गर्न ७५ वर्षीय जुमामाथि दवाब बढिराखेको थियो । भ्रष्टाचारसहितका कैयौँ आरोप झेलिरहेका जुमा सन् २००९ देखि सत्तामा रहँदै आएका थिए ।
सिड्नी : अस्ट्रेलियाको सिड्नीको बोन्डीबीचमा आइतबार भएको गोलीकाण्डमा कम्तीमा १२ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । सिड्नीको प्रहरीले...
वासिङ्टन डीसी : अमेरिकी विदेश विभागले आप्रवासन नियम र सीमा सुरक्षामा कडाई गरेपछि सन् २०२५ जनवरी देखि ८५ हजार जनाको...
काठमाडौं। इन्डोनेसियामा चक्रवाती तुफानका कारण भएको अत्यधिक वर्षामा परी हालसम्म मृत्यु हुनेको संख्या ५०२ पुगेको छ ।‘चक्रवात सेन्यार’ तुफानका कारण इन्डोनेसियामा विनाशकारी बाढीपहिरोमा...