राष्ट्रस्तरीय खेलमैदानको निर्माण शुरु – Naya Bikalpa
June 27, 2026, Saturday      Epaper

राष्ट्रस्तरीय खेलमैदानको निर्माण शुरु

काठमाडौं–डडेल्धुराको अजयमेरू गाउँपालिका–३ चनबेतालमा राष्ट्रियस्तरको खेल मैदान (रङ्गशाला) को निर्माण शुरु भएको छ ।

जिल्ला, प्रदेश र राष्ट्रिस्तरका खेलकूद प्रतियोगिता एकै स्थानमा आयोजना गर्नगरी खेल मैदान निर्माणको शुरु गरिएको हो ।

राष्ट्रियस्तरको खेल मैदान निर्माणको शुरुवात भएसंगै स्थानीयवासीमा खुशियाली छाएको छ ।
करिब रु २० करोडको लागतमा वहुवर्षीय योजनाअन्तर्गत निर्माण हुन लागेको सो राष्ट्रिय स्तरको खेल मैदान १५० मिटर लम्वाइ र ८० मिटर चौडाइको हुनेछ ।

यो मैदान निर्माणका लागि गत दुई आर्थिक वर्षमा रु ४० लाखभन्दा बढी खर्च भइसकेको गाउँपालिकाले जनाएको छ ।

गुरुयोजना अनुसार गाउँपालिकाले खेलमैदान निर्माणका लागि चालू आर्थिक वर्षमा रु ३५ लाख बजेट विनियोजन गरिएको छ ।

यसका लागि बोलपत्र आह्वान भइसकेको र केही दिनमै मैदान निर्माणको काम शुरु हुने गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद भट्टले बताए । अहिले मैदान सम्याउने काम भइरहेको छ ।

चालू आर्थिक वर्षमा नै पर्खाल लगाउने काम पनि सम्पन्न हुने बताउँदै, खेलमैदानमा प्याराफिट लगाउने, स्वीमिङ पुल, शौचालय, कर्भड हलसहित विभिन्न भौतिक संरचना पनि निर्माण गरिने छ ।

‘एक वडा एक खेलमैदान’को अवधारण अनुसार बाँकी वडामा पनि खेलमैदान बनाउने काम शुरु भएको गाउँपालिकाले जनाएको छ ।

खेलकूद क्षेत्रको विकासका लागि भन्दै गाउँपालिकाले पाँच जनालाई खेल प्रशिक्षकको रुपमा चयन गरेको छ ।

सम्बन्धित समाचार

अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने
अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने
  • २०७७ कार्तिक २१, १५: ००

काभ्रेपलाञ्चोक : स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डलाई तीव्रता दिन असार तेस्रो सातादेखि १५ दिन रातको समयमा सवारीसाधन आवागमनमा रोक...

एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
  • २०७७ कार्तिक २१, १५: ००

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को...

डेम्बेलेको ह्याट्रिकमा फ्रान्स समूह विजेता बन्दै नकआउट चरणमा
डेम्बेलेको ह्याट्रिकमा फ्रान्स समूह विजेता बन्दै नकआउट चरणमा
  • २०७७ कार्तिक २१, १५: ००

काठमाडौँ, १३ असारः उसमान डेम्बेलेको शानदार ह्याट्रिकको मद्दतमा फ्रान्सले नर्वेलाई ४–१ गोलअन्तरले पराजित गर्दै फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘आई’...