लालबाबु पण्डितको पहिलो कामः पाँचतारे होटलको निद हराम – Naya Bikalpa
May 27, 2026, Wednesday      Epaper

लालबाबु पण्डितको पहिलो कामः पाँचतारे होटलको निद हराम

काठमाडौं । पहिलो मन्त्रीमण्डल विस्तारमा परेका जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले पाँचतारे होटल र ठूला अस्पतालहरुमाथि काबाही शुरु गरेको छन् । उक्त संस्थाहरुले मापदण्ड विपरीत सेवा सञ्चालन गरेको भन्दै मन्त्री पण्डितले काठमाडौंका पाँचतारे होटल होटल र ठूला अस्पताललाई कारवाही गर्ने निर्णय गरेका छन् ।

वातावरणीय प्रभाव मूल्याङ्कन नगरी सेवा सञ्चालन गरेको भन्दै काठमाडौंको ताहाचलमा रहेको क्राउन प्लाजा सोल्टी र बत्तीसपुतलीमा सञ्चालनमा रहेको होटल द्वारिकाजलाई पनि मन्त्री पण्डितले आइतवार एक लाख रुपैयाँ जरिवाना गर्ने निर्णय गरेर चर्चामा आउन खोजेका छन् ।

त्यस्तै ठमेलमा रहेको काठमाडौं गेष्ट हाउसले पनि होटल विस्तार गर्दा ईआईए नगरेको भन्दै एक लाख रुपैयाँ जरिवाना तिराउने निर्णय मन्त्रालयले गरेको छ । त्यस्तै, रविभवनमा सञ्चालनमा रहेको सिटी होटललाई पनि ईआईए नगरेको भन्दै एक लाख रुपैयाँ जरिवाना तिराउने निर्णय मन्त्री पण्डितले गराएका छन् ।

मन्त्री पण्डितले काठमाडौंका चारवटा ठूला हस्पिटललाई पनि कारवाहीका लागि स्वास्थ्य मन्त्रालयलाई पत्र काटेका छन् । मापदण्ड पूरा नगरी सञ्चालन गरिएको भन्दै मन्त्रालयले काठमाडौंको कलंकीमा सञ्चालित नेसनल हस्पिटल, महाराजगञ्जको अन्तर्राष्ट्रिय मैत्री बाल हस्पिटल, भृकुटीमण्डपको काठमाडौं मोडल हस्पिटल र त्रिपुरेश्वरको काठमाडौं अस्पतालमाथि कारवाहीका लागि स्वास्थ्य मन्त्रालयलाई पत्र काटिएको छ । यति ठूला संस्थाहरुलाई रु एक लाख जरीवाना गराएर चर्चाृमा आउन खोजेपनि ती संस्थाहरुलाई खासै ठूलो असर नपर्ने देखिन्छ ।

सम्बन्धित समाचार

सुशीला कार्कीदेखि सुधन गुरुङसम्मलाई अनुसन्धान गर्न आयोगको सिफारिस
सुशीला कार्कीदेखि सुधन गुरुङसम्मलाई अनुसन्धान गर्न आयोगको सिफारिस
  • २०७४ फाल्गुन १३, ११: ३४

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका क्रममा भिडलाई उत्तेजित बनाएको र हिंसा भड्काउन भूमिका खेलेको आशंकामा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की,...

मानव अधिकार आयोग प्रतिवेदन : रवि लामिछानेमाथि फौजदारी कसुरमा अनुसन्धान र कारबाही गर्न सिफारिस
मानव अधिकार आयोग प्रतिवेदन : रवि लामिछानेमाथि फौजदारी कसुरमा अनुसन्धान र कारबाही गर्न सिफारिस
  • २०७४ फाल्गुन १३, ११: ३४

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेन-जी आन्दोलनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अनाधिकृत रूपमा कारागारबाट बाहिरिएको घटनालाई...

मानव अधिकार आयोग प्रतिवेदन : ओली, लेखक र गुरुङलाई कारबाही गर्न सिफारिस
मानव अधिकार आयोग प्रतिवेदन : ओली, लेखक र गुरुङलाई कारबाही गर्न सिफारिस
  • २०७४ फाल्गुन १३, ११: ३४

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले २०८२ साल भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको दमन र मानव...