
काठमाडौं–युवा सजगता अभियानले महावीर पुन नेतृत्वको राष्ट्रिय अविष्कार केन्द्रलाई सहयोग गरेको छ । सामाजिक विकासबाटै राष्ट्रको उन्नति सम्भव छ भन्नेमा सजग रहेको अभियानको शनिबार बसेको केन्द्रीय समितिको बैठकले अविष्कार केन्द्रलाई सहयोग गर्ने निर्णय गरेको हो ।
‘युवा सजगता अभियानको पालो रु ३० सहयोगमा हातेमालो’ भन्दै अभियानले देशभरका ३४० सदस्यबाट उठेको रु १० हजार २०० अविष्कार केन्द्रलाई सहयोग गरेको अभियानका अध्यक्ष चिन्तन पौडेलले जानकारी दिए ।
उनले, “राष्ट्रिय अविष्कार केन्द्रको सामाजिक विकास कार्यलाई निरन्तर सहयोग पुगोस् भन्ने हेतुले अभियानमा एक वर्षसम्म जोडिएका सदस्यबाट उठ्ने रकम क्रमशः सहयोग गर्दै जाने बताए ।” युवा सजगता अभियानले आफ्नो सङ्गठन देशका सबै प्रदेश र जिल्लामा विस्तार गरिसकेको छ ।
काभ्रेपलाञ्चोक : स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डलाई तीव्रता दिन असार तेस्रो सातादेखि १५ दिन रातको समयमा सवारीसाधन आवागमनमा रोक...
काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को...
काठमाडौँ, १३ असारः उसमान डेम्बेलेको शानदार ह्याट्रिकको मद्दतमा फ्रान्सले नर्वेलाई ४–१ गोलअन्तरले पराजित गर्दै फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘आई’...