पार्टीका सबै प्रतिष्पर्धीलाई सफाया गर्दै ओली – Naya Bikalpa
May 27, 2026, Wednesday      Epaper

पार्टीका सबै प्रतिष्पर्धीलाई सफाया गर्दै ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सरकार प्रमुखको रुपमा मात्र नभएर पार्टीमा पनि शक्तिशाली नेताको रुपमा स्थापित गराउन पार्टीमा आफूबिरुद्ध लाग्ने सबै बिरोधीको राजनीतिक सफाया गर्ने अभियान चलाएका छन् ।

यसको लागि उनले पार्टी भित्रैबाट शक्तिशाली नेताहरुलाई पाखा लगाउन शुरु गरिसकेका छन् । आफ्नो प्रतिष्पर्धी र सांगठानिक प्रभाव भएका नेता माधवकुमार नेपाललाई फकाएर अरुलाई किनारामा पार्ने काम गरेका छन् । उनले माधव नेपाल आफ्नो बिरुद्ध ठाडै जाइ नलागुन भनेर थुुमथुुम्याउने रणनीति अनुशार माधवका विश्वास पात्र लालबाबु पण्डितलाई मन्त्रिपरिषद् गठनको पहिलो चरणमै समावेस गरिदिएका छन् ।

माधव नेपाललाई माया गर्ने, सल्लाह लिने र सुझाव बमोजिम चल्ने पहिलो रणनीति लिएका ओलीले सबैभन्दा पछि उनै माधवलाई प्रहार गर्ने रणनीति अख्तियार गरेका छन् । त्यसको पछिल्लो उदाहरणको रुपमा राष्ट्रपतिको आकांक्षी बनेका झलनाथ खनाललाई वाईपास गरी विद्यादेवी भण्डारीलाई राष्ट्रपतिमा दोहो¥याएर उम्मेदवार बनाउनुु, पार्टीको पछिल्ला दुई महाधिवेशनमा महासचिवमा निर्वाचित भएका इश्वर पोखरेललाई जनसम्पर्कविहीन रक्षा मन्त्रालयमा मन्त्रीमा सीमित गर्नु (उनी पूर्वउपप्रधानमन्त्री हुन्), एमालेको महिला फाँटकी सबैभन्दा सिनियर मानिने अष्टलक्ष्मी शाक्यलाई प्रदेशसभामा चुनाव लडाएर हराउने षडयन्त्र सफल नभएपछि प्रदेशको मुख्यमन्त्रीमै हराउनुलाई लिन सकिन्छ ।

ओलीले आफूलाई शक्तिशाली बनाउन एक पछि अर्को कदम चाल्दै गएका छन । यसक्रममा उनले आफ्नो प्रिय पात्र भएपछि पार्टीको केन्द्रीय समितिका दुई सय जना र प्रतिनिधिसभाका १ सय २१ सांसदलाई जिल्याएर आफनै निर्वाचन क्षेत्रका युवराज संग्रौलालाई अर्थमन्त्री र अग्नी खरेललाई महान्यायधिवक्ता बनाउनु, राष्ट्रपतिकी उम्मेदवार विद्यादेवी भण्डारीको प्रीय हुने वित्तिकै पार्टी सचिव भिम आचार्यलाई हराएर शेरधन राईले एक नम्वर प्रदेशको मुख्यमन्त्री बनाईनुलाई उदाहरणको रुपमा लिन सकिन्छ ।

पार्टीमा उनले आफ्ना बिरोधीहरुलाई एक, एक गर्दै तह लगाउने रणनीति बमोजिम राजेन्द्र पाण्डेलाई प्रतिनिधिसभाबाट प्रदेशमा झारेर अहिले एउटा प्रदेशको मन्त्री पनि हुन दिईएन । एमालेको पछिल्लो महाधिवेशनमा पाण्डे ओलीइत्तर गुटबाट महासचिवमा प्रतिष्पर्धामा थिए । पार्टीमा मात्र होइन, ओली सरकारमा पनि एकल निर्णय र एकल बर्चश्व कायम गर्न सबै मन्त्रालयका महत्वपूर्ण विभाग, मन्त्रिपरिषद् कार्यविधि सबै परिवर्तन गरेर आफैलाई शक्तिशाली, स्वेच्छाचारी र निरंकुुस बन्ने वाटो अवलम्बन गर्दैछन् ।

सम्बन्धित समाचार

जाँचबुझ आयोगकै अध्यक्ष कार्कीमाथि छानबिन गर्न सिफारिस
जाँचबुझ आयोगकै अध्यक्ष कार्कीमाथि छानबिन गर्न सिफारिस
  • २०७४ फाल्गुन २८, ०८: २२

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएका घटनाबारे छानबिन गर्न सरकारले गठन गरेको न्यायिक छानबिन...

सुशीला कार्कीदेखि सुधन गुरुङसम्मलाई अनुसन्धान गर्न आयोगको सिफारिस
सुशीला कार्कीदेखि सुधन गुरुङसम्मलाई अनुसन्धान गर्न आयोगको सिफारिस
  • २०७४ फाल्गुन २८, ०८: २२

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका क्रममा भिडलाई उत्तेजित बनाएको र हिंसा भड्काउन भूमिका खेलेको आशंकामा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की,...

मानव अधिकार आयोग प्रतिवेदन : रवि लामिछानेमाथि फौजदारी कसुरमा अनुसन्धान र कारबाही गर्न सिफारिस
मानव अधिकार आयोग प्रतिवेदन : रवि लामिछानेमाथि फौजदारी कसुरमा अनुसन्धान र कारबाही गर्न सिफारिस
  • २०७४ फाल्गुन २८, ०८: २२

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेन-जी आन्दोलनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अनाधिकृत रूपमा कारागारबाट बाहिरिएको घटनालाई...