का.मु. प्रधानन्यायाधीशमा जोशी – Naya Bikalpa
October 25, 2026, Sunday      Epaper

का.मु. प्रधानन्यायाधीशमा जोशी

काठमाडौं । उमेर हद परेको भन्दै प्रधानन्यायाधीश गोपाल प्रसाद पराजुलीलाई न्याय परिषदका सचिव नृपध्वज निरौलाले पदावधी समाप्त भएको जानकारी गराएपछि वरिष्ठतम् न्यायाधीश दीपकराज जोशी सर्वाेच्च अदालतको कामु प्रधानन्यायाधीश हुनुभएको छ । प्रधान न्यायाधीश गोपाल प्रसाद पराजुलीले गत साता राष्ट्रपति समक्ष राजीनामा बुझाउनु भएको थियो ।

जोशीले कामु प्रधानन्यायाधीशको कार्यभार सम्हाल्ने वित्तिकै सर्वाेच्च अदालतमै संचारकर्मीहरुलाई संबोधन गर्नुभएको थियो । संबोधनका क्रममा कामु प्रधानन्यायाधीश जोशीले अदालतले पनि आप्mना कमीकमजोरीलाई सच्याउँदै जानुपर्नेमा जोड दिनुभयो । हाल निकै अव्यवस्थित भएको हुँदा सर्वाेच्चलाई व्यवस्थित बनाउँदै जनताले निष्पक्ष न्याय पाउने कुरामा ढुक्क हुन विश्वास दिलाउनु भयो । यस अगाडि सर्वाेच्च अदालतभित्र भएको कुरामा आपूmले कुरा उठाउँदै आएता पनि सुनुवाई नभएको समेत जानकारी गराउनु भयो ।

वर्तमान अवस्थामा सरकार दुई तिहाईको अवस्थामा पुगेको हुँदा अदालतलाई कमजोर बनाउने खेल त हुँदैन भनी संचारकर्मीको प्रश्नमा कामू प्रधानन्यायाधीश जोशीले समस्या हामीभित्रै भएको हुँदा त्यसलाई सुधार गर्दै जानु पर्नेमा जोड दिनुभयो । विगत १५ वर्षदेखि सर्वाेच्च अदालतलाई व्यवस्थित बनाउने कार्यमा अघि बढेको भएता पनि थप व्यवस्थित गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

सरकार जति शक्तिशाली भए पनि नागरिक हक र अधिकार सुरक्षा गर्न न्यायलय पछि नपर्ने कुरा पनि उक्त अवसरमा कामु प्रधानन्यायाधीश जोशीले विश्वस्त गराउनुभयो । योग्यताको आधारमा अदालतलाई थप समावेशी बनाइने र नागरिकको अधिकार सुरक्षित बनाउने काममा आपूm सधैँ लागिपर्ने बताउँदै उहाँले न्याय सम्पादन कार्य कहिँकतैबाट पनि कुनै किसिमको हस्तक्षेप नहुने कुरामा आपूm ढुक्क भएको बताउनुभयो । कामु प्रधानन्यायाधीश दीपकराज जोशीको कार्यकालमा नागरिकको हक अधिकार तथा प्रेस स्वतन्त्रता मानवअधिकार रक्षाको लागि उल्लेखनीय सफलता मिलोस् । सफल कार्यकालको लागि हाम्रो पनि बधाई तथा शुभकामना ।

सम्बन्धित समाचार

सप्तकोशीमा जेटबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु
सप्तकोशीमा जेटबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु
  • २०७४ चैत्र ५, ०८: ३५

काठमाडौं : भोजपुरको हतुवागढी गाउँपालिका–९, हसपुरस्थित कोप्चेबाट सुनसरीको बराहक्षेत्रतर्फ आउँदै गरेको जेटबोट दुर्घटनामा परेको छ । अरुण र दूधकोशीको संगम...

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढिसक्यो, शिलान्यास छिट्टै हुन्छ : स्वास्थ्यमन्त्री
ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढिसक्यो, शिलान्यास छिट्टै हुन्छ : स्वास्थ्यमन्त्री
  • २०७४ चैत्र ५, ०८: ३५

धनुषा : स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले धनुषाको ढल्केवरमा स्वीकृत क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणको टेन्डर प्रक्रिया अघि...

असोजमा ५ अर्ब ९२ करोडको विद्युत् निर्यात
असोजमा ५ अर्ब ९२ करोडको विद्युत् निर्यात
  • २०७४ चैत्र ५, ०८: ३५

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको...