का.मु. प्रधानन्यायाधीशमा जोशी – Naya Bikalpa
April 19, 2026, Sunday      Epaper

का.मु. प्रधानन्यायाधीशमा जोशी

काठमाडौं । उमेर हद परेको भन्दै प्रधानन्यायाधीश गोपाल प्रसाद पराजुलीलाई न्याय परिषदका सचिव नृपध्वज निरौलाले पदावधी समाप्त भएको जानकारी गराएपछि वरिष्ठतम् न्यायाधीश दीपकराज जोशी सर्वाेच्च अदालतको कामु प्रधानन्यायाधीश हुनुभएको छ । प्रधान न्यायाधीश गोपाल प्रसाद पराजुलीले गत साता राष्ट्रपति समक्ष राजीनामा बुझाउनु भएको थियो ।

जोशीले कामु प्रधानन्यायाधीशको कार्यभार सम्हाल्ने वित्तिकै सर्वाेच्च अदालतमै संचारकर्मीहरुलाई संबोधन गर्नुभएको थियो । संबोधनका क्रममा कामु प्रधानन्यायाधीश जोशीले अदालतले पनि आप्mना कमीकमजोरीलाई सच्याउँदै जानुपर्नेमा जोड दिनुभयो । हाल निकै अव्यवस्थित भएको हुँदा सर्वाेच्चलाई व्यवस्थित बनाउँदै जनताले निष्पक्ष न्याय पाउने कुरामा ढुक्क हुन विश्वास दिलाउनु भयो । यस अगाडि सर्वाेच्च अदालतभित्र भएको कुरामा आपूmले कुरा उठाउँदै आएता पनि सुनुवाई नभएको समेत जानकारी गराउनु भयो ।

वर्तमान अवस्थामा सरकार दुई तिहाईको अवस्थामा पुगेको हुँदा अदालतलाई कमजोर बनाउने खेल त हुँदैन भनी संचारकर्मीको प्रश्नमा कामू प्रधानन्यायाधीश जोशीले समस्या हामीभित्रै भएको हुँदा त्यसलाई सुधार गर्दै जानु पर्नेमा जोड दिनुभयो । विगत १५ वर्षदेखि सर्वाेच्च अदालतलाई व्यवस्थित बनाउने कार्यमा अघि बढेको भएता पनि थप व्यवस्थित गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

सरकार जति शक्तिशाली भए पनि नागरिक हक र अधिकार सुरक्षा गर्न न्यायलय पछि नपर्ने कुरा पनि उक्त अवसरमा कामु प्रधानन्यायाधीश जोशीले विश्वस्त गराउनुभयो । योग्यताको आधारमा अदालतलाई थप समावेशी बनाइने र नागरिकको अधिकार सुरक्षित बनाउने काममा आपूm सधैँ लागिपर्ने बताउँदै उहाँले न्याय सम्पादन कार्य कहिँकतैबाट पनि कुनै किसिमको हस्तक्षेप नहुने कुरामा आपूm ढुक्क भएको बताउनुभयो । कामु प्रधानन्यायाधीश दीपकराज जोशीको कार्यकालमा नागरिकको हक अधिकार तथा प्रेस स्वतन्त्रता मानवअधिकार रक्षाको लागि उल्लेखनीय सफलता मिलोस् । सफल कार्यकालको लागि हाम्रो पनि बधाई तथा शुभकामना ।

सम्बन्धित समाचार

सरकारी कर्मचारीलाई अब १५–१५ दिनमै तलब
सरकारी कर्मचारीलाई अब १५–१५ दिनमै तलब
  • २०७४ चैत्र ५, ०८: ३५

काठमाडौं : सरकारले सरकारी कर्मचारीहरूको तलबभत्ता भुक्तानी प्रणालीमा महत्वपूर्ण परिवर्तन गर्दै अब अर्धमासिक रूपमा रकम उपलब्ध गराउने निर्णय गरेको छ ।...

नतिजा सार्वजनिक भएको दुई साताभित्रै ट्रान्सक्रिप्ट उपलब्ध गराइने
नतिजा सार्वजनिक भएको दुई साताभित्रै ट्रान्सक्रिप्ट उपलब्ध गराइने
  • २०७४ चैत्र ५, ०८: ३५

काठमाडौँ : देशका विश्वविद्यालयहरूले परीक्षाफल सार्वजनिक गरेपछि १५ दिनभित्र विद्यार्थीलाई ट्रान्सक्रिप्ट उपलब्ध गराउने व्यवस्था लागू गर्ने सहमति गरेका छन् ।...

कर्णाली नदीमा बेपत्ता दुई जनाको शव फेला
कर्णाली नदीमा बेपत्ता दुई जनाको शव फेला
  • २०७४ चैत्र ५, ०८: ३५

काठमाडौँ : तुर्माखाँद गाउँपालिका-३ भैरवस्थानस्थित बल्दे नजिकै कर्णाली नदीमा बेपत्ता दुई जनाको शव फेला परेको छ । तुर्माखाँद गाउँपालिका-३ का...