२३ रुसी कुटनीतिज्ञ बेलायतबाट निकाला – Naya Bikalpa
June 27, 2026, Saturday      Epaper

२३ रुसी कुटनीतिज्ञ बेलायतबाट निकाला

बेलायतले २३ जना रुसी कुटनीतिज्ञलाई देश निकाला गर्ने निर्णय गरेको छ । बेलायती प्रधानमन्त्री थेरेसा मेले उक्त निर्णय गरेसँगै संयुक्त राष्ट्र संघको सुरक्षा परिषदको आपतकालीन बैठक पनि बोलाइएको थियो ।

बेलायतले रुसमाथि रासायनिक हतियारमाथि लगाइएको प्रतिबन्धको उल्लंघन गरेको आरोप लगाएको छ । बेलायतले एक हप्ताभित्र निष्कासित रुसी कुटनीतिज्ञहरुले बेलायत छाड्न निर्देशन दिएको छ ।

मार्च चारमा बेलायतमा एक रुसी जासुस र उनकी छोरीलाई रुसले विष दिएको आरोप लागेको थियो । उनीहरुको अवस्था गम्भीर थियो । उनी एक दोहोरो जासुुस भएको बताइन्छ । रुसको जासुस भनिए पनि उनी बेलायतका लागि काम गर्ने गरेका बताइन्छ ।

बेलायती प्रधानमन्त्री थेरेजा मेले बेलायतका भएका सबै रुसी सरकारी सम्पत्ति जफत गर्ने चेतावनी दिँदै अहिलेलाई रुससँगको सबै सम्वन्ध तोडिएको बताएकी छिन् । यही वर्ष रुसमा हुने विश्वकप फुटबलमा समेत बेलायती शाही परिवारका सदस्य सहभागी नहुने प्रधानमन्त्री मेले बताएकी छिन् ।

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा बेलायती अधिकारी जोनाथन एलेनले रुसले रासायनिक हतियार प्रयोग गरेको बताएकी छिन् । युद्धमा समेत प्रयोग गर्न प्रतिबन्ध लगाइएको अमेरिकी राजदूत निकी हेलीले पनि बेलायतको समर्थन गरेकी छिन् ।

सम्बन्धित समाचार

भेनेजुएला भूकम्प : मृतकको संख्या २३५ पुग्यो
भेनेजुएला भूकम्प : मृतकको संख्या २३५ पुग्यो
  • २०७४ चैत्र ५, ०९: ०९

काठमाडौं : उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा कम समयको अन्तरमा आएका दुई शक्तिशाली भूकम्पले व्यापक जनधनको क्षति पुर्‍याएको छ...

भेनेजुएलामा शक्तिशाली भूकम्प : १८८ जनाको मृत्यु, १३८ परकम्प पुष्टि
भेनेजुएलामा शक्तिशाली भूकम्प : १८८ जनाको मृत्यु, १३८ परकम्प पुष्टि
  • २०७४ चैत्र ५, ०९: ०९

काठमाडौं । भेनेजुएलामा आएका दुई शक्तिशाली भूकम्पपछि हालसम्म कम्तीमा १३८ वटा परकम्प गएको पुष्टि भएको छ। घटनामा मृत्यु हुनेको संख्या...

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७ सय बढी घाइते
भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७ सय बढी घाइते
  • २०७४ चैत्र ५, ०९: ०९

काठमाडौं : भेनेजुएलामा बुधबार साँझ आएको शक्तिशाली भूकम्पमा कम्तीमा ३२ जनाको मृत्यु भएको तथा ७ सय जनाभन्दा बढी घाइते भएका छन्...