भेनेजुएलाको भ्यालेन्सिया शहरस्थित प्रहरी चौकीमा भएको दङ्गा र आगलागीको घटनामा कम्तीमा ६८ जनाको ज्यान गएको छ । राज्यका प्रमुख अभियोजनकर्ता तारेक साबले घटनाबारे तत्काल छानबिन शुरू गरिने जानरकाी दिए । बुधवार थुनुवाहरूले भाग्ने प्रयासमा म्याट्रेसहरूमा आगो लगाएपछि आगलागी शुरू भएको बताइएको छ भने आगलागीको खबरपछि प्रहरी चौकीको चारैतिर भेला भएका थुनुवाका आफन्तहरूलाई तितरबितर पार्न प्रहरीले अश्रु ग्यास समेत प्रहार गर्नुपरेको थियो ।
घटना भएको काराबोबोमा आगलागीको घटनापछि एक प्रहरीलाई गोली हानिएको बताइन्छ । थुनुवाका आफन्तहरूको धूँवामा निसासिएर धेरैजनाको ज्यान गएको जनाइएको छ । मृत्यु हुनेमा थुनुवाहरूलाई भेट्न पुगेका महिला तथा बालबालिका समेत रहेका बताइन्छ । त्यसैगरी, रूसको एक ब्यापारिक भवनमा आगलागी हुँदा कम्तिमा ३७ जनाको मृत्यु भएको छ ।
साइबेरियाको केमेरोफोस्थित एक शपिङ सेन्टरमा सोमबार भएको आगलागीमा थुप्रै मानिसहरु हराएका समेत थिए । विन्टर चेरी मलको चौथो तलाबाट आगो सल्किएको जनाइएको छ । भवनमा मनोरञ्जन कम्प्लेक्स, सिनेमा हललगायत रहेको भवनमा रुसको मारिनेमा धेरेजसो सिनेमा हलका दर्शक रहेको बताइएको छ ।
राजधानी मस्कोदेखि २२ सय माइल टाढा उक्त शहर कोइला उत्पादनका लागि प्रसिद्ध छ । स्थानीयबासीका अनुसार सन् २०१३ मा बनाइएको सो शपिङ मल निकै चर्चित छ । रुसको चाँच समितिले उक्त घटनालाई आपराधिक क्रियाकलाप हुनसक्ने आशंका गर्दै अनुसन्धान शुरु गरेको बीबीसीले जनाएको छ ।
१. प्रतिपक्षीका भीष्मपितामह भीष्मराज आङ्देम्बे नेपाली कांग्रेसको प्रतिनिधि सभाका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दलका नेताको...
काठमाडौं : अमेरिका र इरानबीच जारी तनाव र हालैको युद्ध अन्त्य गर्न एक ऐतिहासिक सहमति भएको छ । अमेरिकी राष्ट्रपति...
काठमाडौँ : भारतीय वायु सेना (आइएएफ) को एएन–३२ परिवहन विमान शनिबार उत्तर पूर्वी राज्य आसाममा दुर्घटनाग्रस्त भएको अधिकारीहरूले बताएका छन्...