काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एभरेष्ट बैंक लिमिटेडबीच बैंकासुरेन्स सम्झौता भएको छ । ग्राहकहरूलाई एकद्वार सेवा प्रणालीमार्फत जीवन बीमा सेवा उपलब्ध गराउने उद्देश्यले दुई कम्पनीबीच मंगलबार सम्झौता भएको हो ।
सम्झौतापत्रमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका तर्फबाट प्रमुख कर्पोरेट मार्केटिंग पवन कुमार खड्का र एभरेष्ट बैंक लिमिटेडका तर्फबाट नायब महाप्रबन्धक केशव राज पौडेलले एक कार्यक्रमबीच हस्ताक्षर गरेका हुन् । सम्झौतासँगै अब एभरेष्ट बैंक लिमिटेडका नेपालभर रहेका सबै शाखाहरूबाट बैंकका ग्राहकहरूले छिटोछरितो तथा सहज रूपमा बीमालेख प्राप्त गर्न र बीमा शुल्क भुक्तानी गर्न सहज हुनुका साथै, जीवन बीमासम्बन्धी सम्पूर्ण सेवासुबिधा प्राप्त गर्न सहजहुने छ ।
कम्पनीले आफ्ना सेवाग्राहीहरु तथा ग्राहकहरूका लागि देशभर फैलिएका आफ्ना १ सय २४ भन्दा बढी शाखा तथा उपशाखाहरूमार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ । कम्पनीले सन् २०१३, २०१४, २०१६ र २०१७ मा गरी चार पटक न्यू बिजनेस एज प्रालिद्वारा प्रदान गरिने ‘बेस्ट म्यानेजमेण्ट अवार्ड’ प्राप्त गरिसकेको छ ।
साथै, विश्वव्यापी परामर्शदाता कम्पनी फ्रष्ट एण्ड सुलिभानद्वारा प्रदान गरिने ‘बेष्ट प्राक्टिस अवार्ड २०१६’ अन्तर्गतको फाइनान्सियल इन्ष्टिच्यूशन अफ द इयर– इन्स्योरेन्स कम्पनी’ अवार्डसमेत पाउन सफल भएको छ । यो अवार्ड उत्कृष्ट सेवा सुविधा तथा व्यवस्थापन भएको कम्पनीलाई दिइने जनाएको छ । कम्पनीले आफ्ना शेयरधनीहरूलाई ६५ देखि ८२ रुपैयाँसम्म (प्रतिहजारमा) बोनश दिई बीमा क्षेत्रमै सबैभन्दा उत्कृष्ट बोनश दिने अग्रणी इन्स्योरेन्स कम्पनीको रूपमा आफूलाई उभ्याउन सफल भएको छ ।
नेपालको बीमा बजारमा एकतिहाइ बजार हिस्सा ओगटेको यस कम्पनीको अधिकृत पूँजी रु ५ अर्ब, चुक्तापूँजी रु ३ अर्ब ९ करोड रुपैयाँ रहेको छ । पूँजी तथा बजारको हिसाबले नेपालमै पहिलो र ठूलो बीमा कम्पनीको रूपमा रहेको यस कम्पनीको लगानी रु ५४ अर्ब रुपैयाँ रहेको छ भने जीवन बीमाकोष ४८ अर्ब रुपैयाँ रहेको छ । हालसम्म स्वदेश र विदेश गरी झण्डै २४ लाख व्यक्ति यस कम्पनीमा बीमित भइसकेका छन् । ग्राहकहरूले जीवन बीमा क्षेत्रमै सर्वा्धिक उच्चतम लाभ तथा सेवा सहज रुपमा प्राप्त गरुन् भन्ने उद्देश्य राखी, यस कम्पनीले समयसापेक्ष आवश्यक थप सेवा तथा सुविधाहरुसमेत उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।
काठमाडौं : अर्थमन्त्री स्वर्णिम वाग्लेले संघीय संसद्मा चालु आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण प्रस्तुत गरेका छन् । आर्थिक सर्वेक्षण प्रस्तुत...
काठमाडौं : दुग्ध विकास संस्थान (डिडिसी)ले भुक्तानी नपाएका दुध किसानलाई १२ करोड रुपैयाँ भुक्तानी गरेको छ । पछिल्लो चार महिनाको करिब ५८ करोडमध्ये...
काठमाडौं : स्थानीय बजारमा सुनको मूल्य आज तोलामा रु एक हजारले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला...