काठमाडौं–गृह मन्त्रालयले ३७ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको छ । बिहीबार प्राप्त सरुवा सूची अनुसार २३ सह–सचिव र १४ जना उप–सचिव प्रजिअ हुने जिल्लाहरुका प्रमुख जिल्ला अधिकारी परिवर्तन भएका छन् ।
चितवनका प्रमुख जिल्ला अधिकारी नाराणप्रसाद भट्ट भक्तपुरको प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा भएका छन् । भक्तपुरका प्रजिअ द्रोण पोखरेललाई सर्लाहीको प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा गरिएको छ । कार्यक्षमतामा कमजोर मानिने र लामो समयदेखि गृह मन्त्रालयमा हाजिर गराईएका सह–सचिव लोकनाथ पौडेललाई पर्साको प्रमुखको रुपमा सरुवा गरिएको छ । आकर्षक जिल्ला मानिने झापामा जनकराज दाहाल, रुपन्देहीमा उदयबहादुर राना र काभ्रेमा कृष्णबहादुर राउतको सरुवा भएको छ ।
मन्त्रालयले सह–सचिव प्रजिअ हुने केही जिल्लामा उप–सचिवलाई कामुको जिम्मेवारी सहित सरुवा गरको छ । गृह मन्त्रालका उप–सचिव श्रवणकुमार तिमिल्सिनालाई ईलामको कामु प्रजिअको रुपमा सरुवा गरिएको छ । त्यस्तै उप–सचिव कोषहरी निरौलालाई स्याङ्जा, भविश्वर पाण्डेलाई गुल्मी, शेषनारायण पौडेललाई बाग्लुङको कामु प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा गरिएको छ । बुटवल । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले विकासका काममा राजनीति नगर्न आग्रह गरेका छन् ।
काठमाडौँ । संघीय संसद्अन्तर्गत संसदीय समितिहरूको सभापतिमा आज वैशाख ३० मनोनयन दर्ता हुँदै छ ।संघीय संसद् सचिवालयका अनुसार, दिउँसो १ देखि...
काठमाडौं : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर...
काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ। निगमले बुधबार मध्यराति १२ः०० बजेदेखि लागू हुने गरी डिजेल, मट्टीतेल...