एमालेमा दलको नेताले सांसदलाई ६ महिना निलम्बन गर्न सक्ने अधिकार – Naya Bikalpa
May 1, 2026, Friday      Epaper

एमालेमा दलको नेताले सांसदलाई ६ महिना निलम्बन गर्न सक्ने अधिकार


नयाँ विकल्प,


काठमाडाैं-सत्तारूढ नेकपा एमालेले पार्टीको संसदीय दलको नेतालाई सांसद निलम्बन गर्न सक्ने अधिकार दिएको छ। एमालेको संसदीय दलको बैठक र केन्द्रीय समितिले पारित गरेको विधानमा दलको नेतालाई कुनै पनि बेला पार्टीका सांसदलाई निलम्बन गर्न सक्ने विशेषाधिकार दिएको हो।

एमालेको विधानको भाग ६ को अनुशासनको कारबाही र सजायसम्बन्धी दफा २५ मा ‘पर्खिएर कारबाहीको नियमित प्रक्रियातर्फ जाँदा तत्काल पार्टी वा संसदीय दललाई ठूलो हानी हुने अवस्था महशुस भएमा दलको नेताले कुनै पनि सदस्यलाई छ महिनामा नबढ्ने गरी तत्काल दलको सदस्यताबाट निलम्बन गर्न सक्ने’ अधिकार दिएको हो।

तर कारबाहीको निर्णय त्यसपछि बस्ने संसदीय बोर्ड वा संसदीय दलको बैठक जुन पहिला बस्छ। त्यसमा अनुमोदनका लागि पेश गर्नुपर्ने प्रावधान विधानले राखेको छ। विधानको व्यवस्थाले सत्तारूढ नेकपा एमालेभित्र संसदीय दलका नेता समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली शक्तिशाली बनेका छन्।

नेकपा विभाजनसँगै पूर्व एमालेभित्र प्रधानमन्त्री ओली संसदीय दलमा सुविधाजनक बहुमतमा छन्। यस्तोमा उनले आफ्नो विपक्षमा खडा हुने वा आलोचना गर्ने कुनै पनि सांसदलाई कारबाही गर्न सक्नेछन्। नेकपा एमालेको दलको विधान संशोधन भएको एमालेको बैठकमा वरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपाल पक्ष सहभागी भएको थिएन।

दुवै बैठक गत चैत ७ गते प्रधानमन्त्रीको निवास बालुवाटारमा राखिएको थियो। त्यस्तै, एमालेले विधानमा बाधा अड्काऊ फुकाऊको अधिकार पनि दलको नेतालाई दिएको छ। ‘विधान कार्यान्वयनमा कुनै बाधा अड्काऊ परेमा संसदीय दलको नेताले त्यस्तो बाधा अड्काऊ फुकाऊ आदेश जारी गर्न सक्नेछ’, एमालेको विधानको दफा २९ मा उल्लेख छ, ‘त्यस्तो आदेश विधानको व्यवस्था सरह लागू हुनेछ।’

सम्बन्धित समाचार

राष्ट्रपतिले जारी गरे सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश
राष्ट्रपतिले जारी गरे सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश
  • २०७७ चैत्र १२, १९: ०७

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश-०८३ जारी गरेका छन् । शुक्रबार राष्ट्रपति पौडेलले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ)...

नेपाल–अमेरिका आर्थिक सहकार्य सुदृढ बनाउने विषयमा अर्थमन्त्री वाग्ले र अमेरिकी विशेष दूत गोरबीच भेट
नेपाल–अमेरिका आर्थिक सहकार्य सुदृढ बनाउने विषयमा अर्थमन्त्री वाग्ले र अमेरिकी विशेष दूत गोरबीच भेट
  • २०७७ चैत्र १२, १९: ०७

काठमाडौँ — अर्थमन्त्री स्वर्णिम वाग्ले र दक्षिण तथा मध्य एसियाका लागि डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरबीच भेटवार्ता भएको छ। शुक्रबार...

दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र, अस्थायी बसोबासको तयारी
दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र, अस्थायी बसोबासको तयारी
  • २०७७ चैत्र १२, १९: ०७

काठमाडौं — दशरथ रंगशालामा सुकुमवासीहरूको विवरण संकलन कार्य तीव्र गतिमा अघि बढाइएको छ। सहरी व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यसहित विभिन्न स्थानबाट...