
संयुक्त अधिराज्यका राजकुमार ह्यारी र अमेरिकी अभिनेत्री मेगन मार्कलबीच एउटा भव्य समारोहमाझ विवाह सम्पन्न भएको छ । विन्ड्सर क्यासलस्थित सेन्ट जोर्जेज च्यापलमा उनीहरूको विवाह भएको हो । मार्कल आफ्नी आमासहित रोल्स रोयस गाडीमा विवाहस्थलमा पुगेकी थिइन् ।
सेन्ट जोर्जेज च्यापलमा पुगेलगत्तै ह्यारीका पिता युवराज चार्ल्सले मार्कलको हात र्डोयाएर भित्र लगेका थिए । महारानी एलिजावेथ र उनका पति ड्युक अफ एडिन्बरा पनि विवाह समारोहमा उपस्थित भए । ह्यारी भने आफ्ना दाजु विलियमसँगै विवाहस्थलमा पुगेका थिए । वैवाहिक समारोहमा छ सय जना पाहुना उपस्थित थिए । मेगनको परिवारतर्फबाट उनकी आमा डोरिया मात्र उपस्थित भइन । ती पाहुनामा एल्टन जन, ओप्रा विन्फ्रे, जर्ज क्लुनी र सेरेना विलियम्स लगायत थिए । वैवाहिक कार्यक्रम हेर्न सडकको दुईतिर हजारौँ मानिस लामबद्ध भएर उभिएका थिए । नाम चलेका कलाकार र टीभी कार्यक्रम प्रस्तोताहरू पनि निम्ता मान्न विन्ड्सर पुगेका थिए । कतिपयले राम्रो दृश्य देख्न सकियोस् भनेर केही दिनअगाडि देखि नै त्यस्ता सम्भावित स्थलमा पाल टाँगेर बसेका थिए ।
यसअघि विवाहपछि ह्यारी र मार्कलको जोडी ससेक्सका ’ड्युक र डचेस’का रुपमा चिनिने घोषणा गरिएको थियो । समारोहमा सहभागी हुन नेताहरू निमन्त्रणा दिइएको थिएन । प्रधानमन्त्री टरिजा मेले राजकुमार ह्यारी र मर्कललाई सामाजिक सञ्जाल ट्विटरमार्फत् शुभकामना दिएकी छिन् ।
काठमाडौँ । दक्षिण जापानमा मंगलबार ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएपछि व्यापक त्रास फैलिएको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार भूकम्पका कारण कुमामोटोस्थित...
काठमाडौं । प्रजातान्त्रिक गणतन्त्र (डीआर) कंगोमा फैलिएको इबोला महामारी झन् भयावह बन्दै गएको छ। महामारीका कारण मृत्यु हुनेको संख्या एक हजार...
काठमाडौँ : भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएका छन् । कक्रोच जनता पार्टी (सीजेपी), विभिन्न विद्यार्थी संगठन र विपक्षी दलहरूको...