कांग्रेसको १४औँ महाधिवेशनः भावी नेतृत्वका लागि कसरत तीव्र – Naya Bikalpa
August 26, 2026, Wednesday      Epaper

कांग्रेसको १४औँ महाधिवेशनः भावी नेतृत्वका लागि कसरत तीव्र

नयाँ विकल्प

काठमाडौं- नेपाली कांग्रेसको १४औँ महाधिवेशन मिति नजिकिएसँगै नेताहरुबीच भावी नेतृत्वका लागि कसरत तीव्र भएको छ। सोही क्रममा शुक्रबार यहाँ कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरुले सभापतिको साझा उम्मेदवार बनाउने सम्बन्धमा छलफल गरेका छन्।

बैठकमा राष्ट्रिय राजनीति र कांग्रेसको भूमिकालगायत विषयमा छलफल भएको बैठकमा सहभागी नेता अर्जुननरसिंह केसीले जानकारी दिए। सकेसम्म समग्र पार्टीमा एकताको प्रयास गर्ने नभए कम्तीमा पनि आफूहरुबीच एकताका साथ अघि बढ्नुपर्ने प्रस्तावमा छलफल भएको र उक्त छलफललाई निरन्तरता दिने सहमति भएको उनले बताए।

यसैगरि, राष्ट्रिय राजनीतिमा परेको संकट टार्न र पार्टीको भित्रको आन्तरिक विवादलाई समाधान गर्नका लागि एकता हुनु पर्नेमा केसीले जोड दिए। उनले अहिले पार्टीमा भएका पदाधिकारी मध्ये कोही नरहने गरि युवालाई दाबेदारी बनाउनु पर्ने धारण पनि व्यक्त गरे।
‘हामी कोही पनि हुँदैनौं भन्ने हो भने नयाँ पुस्ता अथवा युवाहरुलाई मौका दिनुपर्छ,’ उनले भने।

बैठकमा वरिष्ठ नेता पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, नेताहरु केसी, डा. रामशरण महत, सुजाता कोइराला, डा. शेखर कोइराला, बलबहादुर केसी सहभागी थिए। उनीहरुमध्ये नेताहरु केसीद्वय र डा. महत बाहेक सबैले सभापतिमा उम्मेदवारी घोषणा गरिसकेका छन् भने सहमति हुन नसके अन्य नेताहरुले पनि सभनपतिमा उम्मेदवारी दिने बताउँदै आएका छन्।

कांग्रेसले पार्टीको १४औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ। कार्यतालिकाअनुसार गाउँ/नगर वडा अधिवेशन आगामी साउन १२ गते, गाउँ/नगरपालिका अधिवेशन साउन १६ गते, प्रदेश सभा क्षेत्रीय अधिवेशन साउन २० गते हुनेछ।

यसैगरी प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २३ गते, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २६ गते र प्रदेश अधिवेशन भदौ १ र २ गते निर्धारण गरिएको छ।

सम्बन्धित समाचार

त्रिशूली बजारका ६० घर र दुई पक्की पुल बगायो, जलविद्युत् आयोजनामा क्षति
त्रिशूली बजारका ६० घर र दुई पक्की पुल बगायो, जलविद्युत् आयोजनामा क्षति
  • २०७८ असार २६, ०७: २६

नुवाकोट : रसुवाबाट आएको भीषण बाढीका कारण नुवाकोटको त्रिशूली बजार र देवीघाट क्षेत्रमा ठूलो क्षति पुगेको छ । बाढीले त्रिशूली...

बाढीपीडितको उद्धारमा निजी हेलिकप्टरलाई अनुमति नचाहिने
बाढीपीडितको उद्धारमा निजी हेलिकप्टरलाई अनुमति नचाहिने
  • २०७८ असार २६, ०७: २६

काठमाडौं । तिब्बतबाट आएको बाढीका कारण रसुवासहित नेपालका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ। बाढीले भौतिक संरचनामा व्यापक क्षति...

रसुवा बाढी : हिमनदी पग्लिएर बाढी आएको प्रारम्भिक अनुमान
रसुवा बाढी : हिमनदी पग्लिएर बाढी आएको प्रारम्भिक अनुमान
  • २०७८ असार २६, ०७: २६

काठमाडौं : तिब्बततर्फबाट रसुवाको भोटेकोशीमा आएको बाढीले ठुलो क्षति गरेको छ । तर क्षतिको यकिन विवरण संकलन गर्न भने समस्या...