तत्काल सरकारमा माधव नेपाल पक्ष सहभागी नहुने, सर्वदलीय सरकार बनाउन सभापति देउवालाई सुझाव – Naya Bikalpa
August 26, 2026, Wednesday      Epaper

तत्काल सरकारमा माधव नेपाल पक्ष सहभागी नहुने, सर्वदलीय सरकार बनाउन सभापति देउवालाई सुझाव

नयाँ विकल्प,
काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले सर्वदलीय सरकार बनाउन नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।

सोमबार नेपाल निवासमा बसेको विपक्षी गठबन्धनको बैठकमा नेता नेपालले सभापति देउवालाई आफूहरु तत्काल सरकारमा सहभागी नहुने भन्दै सर्वदलीय सरकार बनाएर अघि बढ्न सुझाव दिएका हुन् ।


सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना तथा देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गर्न परमादेश जारी गरेपछि छलफलमा नेता नेपालले लोकतन्त्र, व्यवस्था र संविधान जोगाउन सफल भएकोमा विपक्षी गठबन्धनका सबैलाई धन्यवाद समेत दिएका छन् ।

यद्यपि, सर्वोच्चको आदेशसँगै अब परिस्थिति बदलिएकाले सरकारमा सहभागी हुने र विश्वासको मत दिने विषयमा भने नेकपा एमालेको संस्थागत निर्णय गरेर मात्र आफूहरू अघि बढ्ने बैठकमा बताएका छन् ।

बैठकमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा एमाले (माधव नेपाल समूह), जनता समाजवादी पार्टी (उपेन्द्र यादव समूह) र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरु सहभागी थिए ।

कांग्रेसकातर्फबाट सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, प्रमुख सचेतक बालकृष्ण खाण सहभागी थिए ।

यस्तै नेकपा माओवादी केन्द्रबाट पुष्पकमल दाहाल प्रचण्ड, कृष्णबहादुर महरा सहभागी थिए भने एमाले नेता माधव कुमार नेपाल पनि गठबन्धन बैठकमा सहभागी थिए ।

जसपाकातर्फबाट संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, उपेन्द्र यादव र महेन्द्र राय यादवका र जनमोर्चाबाट उपाध्यक्ष दुर्गा पौडेल सहभागी थिए ।

सम्बन्धित समाचार

भोटेकोशी बाढीले ४३१ मेगावाटभन्दा बढी विद्युत् उत्पादन प्रभावित
भोटेकोशी बाढीले ४३१ मेगावाटभन्दा बढी विद्युत् उत्पादन प्रभावित
  • २०७८ असार २८, २०: २४

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ११ जलविद्युत् आयोजना र नेपाल विद्युत् प्राधिकरणको एक सौर्य आयोजनाको विद्युत् उत्पादन...

त्रिशूली बजारका ६० घर र दुई पक्की पुल बगायो, जलविद्युत् आयोजनामा क्षति
त्रिशूली बजारका ६० घर र दुई पक्की पुल बगायो, जलविद्युत् आयोजनामा क्षति
  • २०७८ असार २८, २०: २४

नुवाकोट : रसुवाबाट आएको भीषण बाढीका कारण नुवाकोटको त्रिशूली बजार र देवीघाट क्षेत्रमा ठूलो क्षति पुगेको छ । बाढीले त्रिशूली...

बाढीपीडितको उद्धारमा निजी हेलिकप्टरलाई अनुमति नचाहिने
बाढीपीडितको उद्धारमा निजी हेलिकप्टरलाई अनुमति नचाहिने
  • २०७८ असार २८, २०: २४

काठमाडौं । तिब्बतबाट आएको बाढीका कारण रसुवासहित नेपालका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ। बाढीले भौतिक संरचनामा व्यापक क्षति...