
नयाँ बिकल्प,
काठमाडौं – संघीय संसद्को प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्ष र सांसद तथा संसद सचिवालयका कर्मचारी, सुरक्षार्थ खटिएका मर्यादापालक र संसदीय मामिलाका पत्रकारलगायतको एन्टीजेन विधिबाट कोरोना परीक्षण हुने भएको छ।
संसद् सचिवालयको शाखा अधिकृत लक्ष्मीप्रसाद ओझाले बिहीबार सूचना जारी गर्दै शुक्रबार बिहान ११ बजेदेखि बेलुका ४ बजेसम्म कोरोना परिक्षण गर्न अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, स्काई लाइट हल नयाँ बानेश्वरमा कोरोना परिक्षण गर्ने बताएका हुन् ।
सर्वोच्च अदालतले असार २८ गते प्रतिनिधिसभा पुनःस्थापना गरेर साउन तीन गते ५ बजेभित्र बैठक राख्न आदेश दिएपछि सांसदहरूको कोरोना परीक्षण गर्न लागिएको हो।
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको पाँच सदस्यी मन्त्रिपरिषद्ले बैठक राखेर राष्ट्रपतिलाई अधिवेशन बोलाउनको लागि सिफारिस भने गरिसकेको छैन।

काठमाडौं : यही कात्तिक १७ र १८ गते सबै क्षेत्रका गरी २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने तयारी भइरहेको छ ।...
काठमाडौं : ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा चौथो कार्यकालका लागि देशको राष्ट्रपतिमा निर्वाचित भएका छन्। आइतबार सम्पन्न...
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण आजदेखि सुरु हुँदै छ । व्यापक परिवर्तनसहित एनपीएलको नयाँ संस्करण आजदेखि...