
नयाँ बिकल्प ।
काठमाडौं । तेह्रथुम जिल्लाको मेन्छ्यायेम गाउँपालिकाकी उपाध्यक्ष गीतदेवि तिम्सिना गौतमका ससुरा कृष्णप्रसाद गौतमको साउन २१ गते विहीबार निधन भएको भन्दै गाउँपालिकाले शोक मनाउन आज शुक्रबार गाउँपालिकाका सबै कार्यालय र शैक्षिक संस्थामा विदा दिएको छ।
गाउँपालिकाका निमित्त प्रशासकिय अधिकृत विष्णुप्रसाद पोखरेलले शुक्रबार बिहान एक सूचना जारी गर्दै गाउँपालिका उपाध्यक्ष गौतमका ससुरा बुवाको निधनले गाउँपालिका परिवार नै मर्माहत भएको भन्दै शुक्रबार गाउँपालिकामा शोक विदा दिने निर्णय भएको जनाएका हुन्।
निमित्त प्रशासकिय अधिकृत पोखरेलले गाउँपालिका कार्यालय, वडा कार्यालयहरु, गाउँपालिका भित्रका सम्पूर्ण शैक्षिक संस्थाहरु एवम् गाउँपालिका मातहतका स्वास्थ्य संस्थावाहेकका सबै कार्यालयमा शोक विदा दिने निर्णय गरेको बताएका छन्। यो गाउँपालिकाको कार्यालय मोराहाङ छ। तेह्रथुम पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको जन्मथलो हो।
गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र प्रशासकिय अधिकृतले आफूमा आएको स्थानीय तहको अधिकारको दुरुपयोग कसरी गर्छन भन्ने कुरा आज सार्वजनिक बिदा दिने निर्णय आजै गरेर देखाइदिएका छन्। भौगोलिका विकटताका कारण गाउँपालिका केन्द्र मोराहाङमा आउन कतिपय वडाबाट अझै पनि एक दिन लाग्ने गर्छ।
धनुषा : मिथिला बिहारी नगरपालिकाका–१ का वडा अध्यक्ष विन्देश्वर यादवको गोली प्रहार गरी हत्या गरिएको छ । आज साँझ अपरिचित...
काठमाडौं : नेपाली सेनाले पाँच जना नेपाल प्रहरीका सकल दर्जालाइ उद्धार गरी थप उपचारका लागि सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा पुर्याएको...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र सभापति रवि लामिछानेका प्रियपात्रमध्ये एक थिए सन्तोष परियार । तर, रविलाई नै थाहा...