देशैभर ३६औं बी.पी. स्मृति दिवस – Naya Bikalpa
May 27, 2026, Wednesday      Epaper

देशैभर ३६औं बी.पी. स्मृति दिवस

काठमाडौं । जननायक वीपी कोइरालाको ३६औं स्मृति दिवस नेपाली कांग्रेसले देशैभर मनाएको छ । नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा आयोजित ३६औं स्मृति दिवसको उपलक्ष्यमा पार्टी सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले “बीपीले उतिबेलै कम्युनिष्टहरु लोकतन्त्रवादी हुन सक्दैन भनेका थिए, अहिले हामीले थाहा पायौं” सम्बोधनका क्रममा देउवाले भने ।

वीपी स्मृति दिवसका अवसरमा कांग्रेस नेताहरु विभिन्न जिल्ला जिल्ला पुगेका छन् । पूर्व महामन्त्री प्रकाशमान सिंह, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, डा. शेखर कोइराला, युवा नेता गगन थापा, प्रदीप पौडेल लगायत दर्जनौं नेता तथा कार्यकर्ता जिल्लामा वीपी स्मृति दिवस मनाउन उपत्यका बाहिर निस्केका छन् ।

त्यसैगरी बीपी विचार राष्ट्रिय समाजले “राष्ट्रिय जीवनमा विश्वेश्वरप्रसाद कोइराला भाग–२” नामक पुस्तक विमोचन प्रथम राष्ट्रपति डा. रामवरण यादवद्वारा लोकार्पण भएको छ । सो कार्यक्रमको अध्यक्षता केबी गुरुङले गर्नुभएको थियो । त्यसैगरी कांग्रेस नेता तथा नेविसंघ प्रथम अध्यक्ष विपिन कोइरालाको संयोजकत्वमा महाराजगञ्जमा वीपी स्मृति दिवस मनाइयो ।

यसैगरी नेपाली कांग्रेसको भातृ संगठन नेपाल महिला संघ काठमाडौं जिल्ला समितिले पनि ३६औं वीपी स्मृति दिवस भव्य रुपमा मनाइरहेको छ । आइतबार र सोमबार देशैभरका महिलाहरुलाई राजधानीमा उपस्थित गराएर “बदलिंदो राष्ट्रिय राजनीतिक परिस्थितिमा नेपाल महिला संघको भूमिका” विषयक विचार गोष्ठिको आयोजना गरेको छ ।

नेपाल महिला संघ काठमाडौं जिल्ला समितिद्वारा आयोजित कार्यक्रमको प्रमुख अतिथि रामचन्द्र पौडेल अधिनायकवादलाई परास्त गर्न घरघरबाट महिलाहरु जुर्मुराउन आग्रह गरे । त्यसैगरी कांग्रेसका नेताहरु महामन्त्री डा. सशांक कोइरालाल, पूर्व सहमहामन्त्री डा. रामशरण महत, अर्जुननरसिंह केसी, दिपक गिरी, नविन्द्रराज जोशी लगायत महिला नेतृहरु उमा रेग्मी, डिला संग्रौला, मिना पाण्डे, अम्बिका बस्नेत, धन खतिवडालगायत महिला संघका केन्द्रीय नेतृहरुको उल्लेख्य रुपमा उपस्थिति रहेको थियो ।

नेपाली कांग्रेस काठमाडौं जिल्ला समापति कृष्ण (सबुज) बानिया लगायत कांग्रेस क्षेत्रीय सभापतिहरुको सहभागिता रहेको थियो । नेपाल महिला संघ काठमाडौं समितिले आयोजना गरेको उक्त कार्यक्रममा विभिन्न जिल्लाका नेपाल महिला संघसँग आबद्ध जिल्ला अध्यक्ष तथा नेता गरी ९०० भन्दा बढी महिला नेतृहरुको सहभागिता रहेको नेपाल महिला संघ काठमाडौं जिल्ला सदस्य एवम् प्रचार विभाग संयोजक रीता दवाडीले बताइन् ।

सम्बन्धित समाचार

जाँचबुझ आयोगकै अध्यक्ष कार्कीमाथि छानबिन गर्न सिफारिस
जाँचबुझ आयोगकै अध्यक्ष कार्कीमाथि छानबिन गर्न सिफारिस
  • २०७५ श्रावण ७, ०६: ४८

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएका घटनाबारे छानबिन गर्न सरकारले गठन गरेको न्यायिक छानबिन...

सुशीला कार्कीदेखि सुधन गुरुङसम्मलाई अनुसन्धान गर्न आयोगको सिफारिस
सुशीला कार्कीदेखि सुधन गुरुङसम्मलाई अनुसन्धान गर्न आयोगको सिफारिस
  • २०७५ श्रावण ७, ०६: ४८

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका क्रममा भिडलाई उत्तेजित बनाएको र हिंसा भड्काउन भूमिका खेलेको आशंकामा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की,...

मानव अधिकार आयोग प्रतिवेदन : रवि लामिछानेमाथि फौजदारी कसुरमा अनुसन्धान र कारबाही गर्न सिफारिस
मानव अधिकार आयोग प्रतिवेदन : रवि लामिछानेमाथि फौजदारी कसुरमा अनुसन्धान र कारबाही गर्न सिफारिस
  • २०७५ श्रावण ७, ०६: ४८

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेन-जी आन्दोलनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अनाधिकृत रूपमा कारागारबाट बाहिरिएको घटनालाई...