धनगढी । नेपाली कांग्रेस कैलाली क्षेत्र नं. ५ कि उम्मेद्वार डा. आरजु राणा देउवाले ७ नं. प्रदेशको जनताको मूलभूत मुद्दा र अवसर चुनौतिको पहिचान गरीसकेको हुँदा विकास निर्माण तथा महिलाहरुको आत्म निर्भरताको लागि खाका बनाएर मात्र कैलाली क्षेत्र नं. ५ को उम्मेद्वार बनेको बताएकी छिन् । बिहिबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै डा. राणाले आर्थिक, भौतिक, सामाजिक, शैक्षिक तथा स्वास्थ्यका बारेमा बिद्यमान चुनौतिको पहिचान गरेर अगाडि बढ्नु पर्ने बताएकी छिन् ।
कैलालीको मात्र नभै प्रदेश नं. ७ को विकासमा निर्वाचनमा मात्र आश्वासन दिएर नपुग्ने भन्दै यहाँको विकासमा निरन्तर लाग्ने भएका कारण कैलालीमानै बसोबास गर्ने गरी घर समेत किनेको बताईन् । यहाँको मूल समस्या भनेको महिलालाई आत्मनिर्भर बनाउने र विदेशीएको युवा शक्तिलाई आफ्नो देशमा नै बसेर उद्योग व्यवसाय गरेर आर्थिक उन्नती तिर लाग्न प्रेरित गर्नुनै आर्थिक विकासको नयाँ खाका भएको बताएकी छिन् ।
महिलालाई आत्मनिर्भर बनाउने आफ्नो चुनावी एजेण्डा भएको हुँदा महिला दिनीबहिनीलाई विषेश महत्व दिएको बताईन् । प्रदेश नं. ७ का महिला दिदीबहिनीहरुको अवस्था अझै पनि दयनिय भएको हुँदा महिलाको जीवनस्तर उकास्न पुरा समय खर्च गर्ने बताईन् ।
यो क्षेत्रमा ऐलानीपर्ति जमिन र भूमिहीन सुकुम्बासीहरुको समस्या विकराल भएकाले भूमिहिनहरुले ऐलानीपर्ती जमिनमा वसोवास गर्नु गल्ती नभएको बताईन् । तर सरकारले उनीहरुलाई उचित व्यवस्थापन गर्न नसक्नु सरकारकै कमिकमजोरी भएको बताएकी छिन् । कैलाली जिल्ला लगायतका स्थानहरुमा गाउँवस्तीमा, बाढी र डुबान प्रभावित हुने गरेकाले तटबन्ध बनाएर मात्र यो समस्या समाधान नहुने बताईन् ।
नदी नालालाले बेलाबेलामा धार परिवर्तन गरीरहने हुँदा तटबन्धनले मात्र समस्या समाधान नहुने उनको तर्क रहेको छ । राणाले बृहत हरियाली योजना, जैविक तटबन्ध तथा नदी नियन्त्रण गर्ने कार्यमा सरकार जोडतोडले लागि परे समस्या समाधान हुने बताएकी छिन् । त्यसैले यहाँको क्षेत्र नं. ४ को वसोवास क्षेत्र नै अन्यन्त्र सारेर व्यवस्थापन गर्नुपर्नेमा जोड दिएकी छिन् ।
कैलालीमा राना थारु, डगोरा थारु, पहाडी समुदाय लगायत अन्यको पनि वसोवास भएको हुँदा सामाजिक एकता र सौर्हादताका लागि आफू लागि पर्ने बताईन् । विभिन्न जातजातिबीच एकता, सामाजिक सद्भावलाई सधै कायम राख्नुपर्ने हुँदा चुनौतिसँग सामना गर्न सक्ने नेतृत्वको खाँचो रहेको औल्याईन् । अहिलेको निर्वाचन भनेको साम्यवाद लाद्न खोज्ने कम्युनिष्ट र लोकतन्त्रको पहरेद्वार कांग्रेसबीचको लडाई भएको हुँदा नागरीक स्वतन्त्रता, प्रेस स्वतन्त्रता, मानवअधिकार, व्यक्तिगत सम्पतिको अधिकार, लोकतान्त्रिक परीपार्टीको विकास जस्ता अती सम्बेदनशील विषयहरुलाई बचाई राख्न कांग्रेसको जित अनिवार्य रहेको उनले बताइन् ।
काठमाडौं : राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलविरुद्ध अर्को भ्रष्टाचार मुद्दा दायर भएको छ । सुरक्षा उपकरण...
काठमाडौं : ९ महिनादेखि युक्रेनी सेनाको कब्जामा रहेका २ नेपाली युवाको उद्धारपछि शुक्रबार नेपाल आइपुग्ने भएका छन् । दलालको प्रलोभनमा...
काठमाडौं । आम जनता पार्टी (आजपा) ले सरकारको मनपरी कर आतंकको बारेमा काठमाडौंमा अन्तरक्रिया कार्यक्रम गर्दैछ । शनिबार रिपोर्टर्स क्लब...