संखुवासभाको मादीमा एकै परिवारका ६ जनाको हत्या – Naya Bikalpa
August 26, 2026, Wednesday      Epaper

संखुवासभाको मादीमा एकै परिवारका ६ जनाको हत्या

नयाँ विकल्प,

संखुवासभा- संखुवासभाको मादी नगरपालिका–१, खोलागाउँका एकै परिवारका ६ जनाको हत्या भएको छ।

सोमबार राति मादी–१ का स्थानीय तेजबहादुर कार्कीको परिवारलाई अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदी जानकारी दिए।

मंगलबार विहान छिमेकीले सबैलाई मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए अज्ञात समूहको धारिलो हतियार प्रहारबाट स्थानीय ५८ वर्षीय तेजबहादुर कार्की, ८० वर्षीया आमा पार्वता कार्की, ५६ वर्षीया श्रीमती मनमाया कार्की, २८ वर्षीया बुहारी रञ्जना कार्की, १० वर्षीय नाती दीपक कार्की र ५ वर्षीया नातिनी गोमा कार्की मृत अवस्थामा भेटिएको स्थानीय शिक्षक योगेन्द्र ओझाले जानकारी दिए।

घटनाको थप विवरण आइसकेको छैन। जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदीको टोली घटनास्थल मादीतर्फ लागेको छ।

सम्बन्धित समाचार

संसद्‌मा आज प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने
संसद्‌मा आज प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने
  • २०७८ भाद्र २१, १२: १७

काठमाडौं : प्रधानमन्त्री बालेन शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिने भएका छन्। संघीय संसद् सचिवालयका अनुसार दिउँसो १...

मनसुनयता सरदरभन्दा कम वर्षा
मनसुनयता सरदरभन्दा कम वर्षा
  • २०७८ भाद्र २१, १२: १७

काठमाडौं : यस वर्ष मनसुन प्रवेश गरेयता ६० दिनको अवधिमा नेपालमा सरदरभन्दा कम वर्षा भएको जल तथा मौसम विज्ञान विभागले...

लुम्बिनी प्रदेशमा तीन मन्त्रीले लिए शपथ
लुम्बिनी प्रदेशमा तीन मन्त्रीले लिए शपथ
  • २०७८ भाद्र २१, १२: १७

बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त तीन मन्त्रीले मंगलबार पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले नवनियुक्त...