अफगानिस्तानमा विदेशीको अपहरणपछि हत्या – Naya Bikalpa
January 15, 2026, Thursday      Epaper

अफगानिस्तानमा विदेशीको अपहरणपछि हत्या

अफगानिस्तानको राजधानी काबुलमा तीन विदेशी नागरिकहरूको अपहरणपछि हत्या भएको अधिकारीहरूले बताएका हुन् । प्रहरीका अनुसार मारिने भारत, मलेशिया र मेसेडोनियाका नागरिक छन् । प्रहरीले सो घटनालाई आतङ्कवादसँग जोडेर हेरेको छ। विमानस्थल जाँदै गरेका उनीहरूलाई चढेको गाडीबाट निकालेर लगिएको अनुसन्धानकर्ताहरूले बताए । उनीहरूका शव पछि काबुलको मुस्साही जिल्लामा फेला पारिएको थियो ।

अहिलेसम्म कसैले पनि ती हत्याहरूको जिम्मेवारी लिएको छैन । मृतकहरू आफ्ना कर्मचारी भएको एउटा फ्रान्सेली खाद्य सेवा कम्पनीले पुष्टि गरेको छ। मारिएका मलेशियाली नागरिक ६४ वर्षका, भारतीय नागरिक ३९ वर्षका र मेसेडोनियाली नागरिक ३७ वर्षका थिए। केही वर्षदेखि अफगानिस्तानमा लडाकु वा आपराधिक समूहहरूले फिरौतीका लागि अपहरण गर्ने क्रम बढेको छ । प्रायः स्थानीय व्यक्तिहरूलाई नै उनीहरूले तारो बनाउने गरेका भए पनि विदेशीहरूको पनि अपहरण हुने गरेको छ ।

दुई वर्षअघि अगस्टमा काबुलस्थित अमेरिकन युनिभर्सिटी अफ अफगानिस्तानमा कार्यरत एक अष्ट्रेलियाली र एक अमेरिकी प्राध्यापक अपहरणमा परेका थिए । त्यसको झन्डै पाँच महिनापछि उनीहरू तालिबानले सार्वजनिक गरेको बन्धकहरूको एउटा भिडिओमा देखा परेका थिए । त्यस भिडिओमा उनीहरूले आफ्नो मुक्तिका लागि भरखर अमेरिकाको राष्ट्रपति पदमा निर्वाचित भएका डोनल्ड ट्रम्पलाई तालिबानसँग बन्दी आदानप्रदान गर्न अनुरोध गरेका थिए । तालिबान अफगानिस्तानको सबभन्दा शक्तिशाली इस्लामिक लडाकु समूह हो । इस्लामिक स्टेट समूहका जिहादीहरूले पनि सहरी क्षेत्रमा साङ्घातिक आक्रमण गर्दै आएका छन् ।

सम्बन्धित समाचार

नेपालसहित ७५ देशलाई आप्रवासी भिसा प्रक्रिया स्थगित गर्ने अमेरिकाको घोषणा
नेपालसहित ७५ देशलाई आप्रवासी भिसा प्रक्रिया स्थगित गर्ने अमेरिकाको घोषणा
  • २०७५ श्रावण २१, १२: ०७

काठमाडौं।अमेरिकी विदेश मन्त्रालयले बुधबार नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी भिसा प्रक्रिया स्थगित गर्ने घोषणा गरेको छ। अमेरिकी विदेश विभागले...

थाइल्याण्डमा गुडिरहेको रेलमा क्रेन खस्दा कम्तीमा २२ जनाको मृत्यु
थाइल्याण्डमा गुडिरहेको रेलमा क्रेन खस्दा कम्तीमा २२ जनाको मृत्यु
  • २०७५ श्रावण २१, १२: ०७

काठमाडौँ : बैंककबाट थाइल्याण्डको उत्तर-पूर्वतर्फ जाँदै गरेको रेलमा निर्माणाधीन क्रेन खसेपछि रेल दुर्घटनाग्रस्त भएको छ । थाइल्याण्डको उत्तर(पूर्वी क्षेत्रमा एउटा...

इरानसँग व्यापार गर्ने देशलाई २५ प्रतिशत भन्सार लगाउने ट्रम्पको घोषणा
इरानसँग व्यापार गर्ने देशलाई २५ प्रतिशत भन्सार लगाउने ट्रम्पको घोषणा
  • २०७५ श्रावण २१, १२: ०७

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग व्यापार गर्ने देशहरूबाट अमेरिकामा आयात हुने सबै सामानमा २५ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेका...