‘प्रधानसेनापति पाँचौ अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता सम्पन्न – Naya Bikalpa
February 6, 2025, Thursday

‘प्रधानसेनापति पाँचौ अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता सम्पन्न

नेपाली सेनाको आयोजना तथा अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा २०७४ मंसिर ०१ गतेबाट संचालन भएको ‘प्रधानसेनापति पाँचौ अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता २०७४’ २०७४ मंसिर ७ गते जंगी अड्डा परिसरको खेलमैदानमा प्रधानसेनापति महारथी राजेन्द्र क्षत्रीको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । त्रिभुवन आर्मी क्लब महिला फुटबल टिम र सशस्त्र प्रहरी महिला फुटवल टिम बीच भएको फाईनल खेलमा सशस्त्र प्रहरी महिला फुटवल टिमले त्रिभुवन आर्मी क्लब महिला फुटबल टिमलाई ३–२ गोल अन्तरले पराजित गरी उपाधि जितेको हो ।
उक्त प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल सशस्त्र प्रहरी महिला फुटबल टिमलाई प्रधानसेनापति महारथी श्री राजेन्द्र क्षत्रीले ट्रफी, मेडल र नगद रु.३,००,००० (तीनलाख) को चेक बोर्ड प्रदान गर्नुको साथै प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी बन्न सफल त्रिभुवन आर्मी महिला फुटबल टिमकी सपना लामालाई स्कुटरको साँचो प्रदान गर्नुभएको थियो । त्यसैगरि, उक्त प्रतियोगितामा द्वितीय हुन सफल भएको त्रिभुवन आर्मी महिला फुटबल टिमलाई बलाधिकृत रथी श्री पूर्णचन्द्र थापाले मेडल तथा प्रमाणपत्र र नगद रु १,५०,००० (एकलाख पचास हजार) को चेक बोर्ड प्रदान गर्नु भएको थियो ।
प्रतियोगितामा उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट डिफेण्डर र उत्कृष्ट गोल किपर सशस्त्र प्रहरी महिला फुटबल टिमका क्रमशः जनक सिंह, मनमाया लिम्बु र एन्जिला तुम्बाहाम्फे तथा उत्कृष्ट फरवार्ड र उत्कृष्ट मिडफिल्डर त्रिभुवन आर्मी महिला फुटबल टिमका क्रमशः कृष्णा खत्री र दिपा राई घोषित भई जनही रु. १०÷१० हजार नगद सहित ट्रफी प्राप्त गरेका थिए । प्रतियोगिताको खेल अवधीमा १२ गोल गर्दै सशस्त्र प्रहरी बल महिला फुटबल टिमका सावित्रा भण्डारी सर्वाधिक गोलकर्ता घोषित भई नगद रु. २५ हजार र ट्रफी प्राप्त गरेकी छिन् । भने उक्त प्रतियोगितामा मित्रराष्ट्र भारतबाट आएको सिक्किम महिला फुटबल टिमलाई फेयर प्ले अवार्ड प्रदान गरिएको थियो ।
नकआउटको आधारमा सञ्चालन गरिएको उक्त प्रतियोगितामा मित्रराष्ट्र भारतको सिक्किम महिला फुटबल टिम र विहार महिला फुटबल टिम गरी दुई, घरेलु विभागीय महिला फुटबल टिम तीन र पाँच विकासक्षेत्रका महिला फुटबल टिम पाँच गरी जम्मा दश टिमको सहभागिता रहेको थियो । उक्त समापन समारोह कार्यक्रममा रक्षा सचिव श्री विनोद के.सी., खेलकुद मन्त्रालयका सचिव श्री महेश प्रसाद दाहाल, पूर्व प्रधानसेनापतिहरु, अखिल नेपाल फुटबल सङ्घका पदाधिकारीहरु, अन्य सुरक्षा निकायका प्रमुखहरु, नेपाली सेनाका रथीबृन्द, सेनानी समुह लगायत संचारकर्मी तथा खेलप्रेमी दर्शकहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।
‘स्वास्थ्यको लागि खेलकुद र राष्ट्रको लागि खेलकुद’ भन्ने अवधारणालाई आत्मसाथ गर्दै नेपाली सेनाले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताहरुको आयोजना गर्दै आएको छ । “प्रधानसेनापति पाँचौ अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता २०७४” आयोजना यसकै निरन्तरता हो । यसबाट महिला खेलाडीहरुलाई समान अवसर प्रदान हुने साथै, पुरुष जस्तै महिलामा भएको असीम प्रतिभा प्रदर्शन गर्न अवसर प्रदान हुने अपेक्षा राखिएको छ । यस प्रतियोगिताबाट महिला फुटबल खेलको बिकासमा थप टेवा पुग्नुको साथै नेपाली सेना र राष्ट्रिय खेलकुद परिषद् तथा अखिल नेपाल फुटबल सङ्घ बिचको सम्बन्ध थप प्रगाढ हुने कुरामा नेपाली सेनाको विश्वास रहेको बताईन्छ ।

सम्बन्धित समाचार

सरकारको मनोमानी कर आतंक बारेमा अर्थबिज्ञ सहितको सहभागितामा अन्तरक्रिया कार्यक्रम गर्दै आजपा
सरकारको मनोमानी कर आतंक बारेमा अर्थबिज्ञ सहितको सहभागितामा अन्तरक्रिया कार्यक्रम गर्दै आजपा
  • २०७४ मंसिर ११, ०८: ३९

काठमाडौं । आम जनता पार्टी (आजपा) ले सरकारको मनपरी कर आतंकको बारेमा काठमाडौंमा अन्तरक्रिया कार्यक्रम गर्दैछ । शनिबार रिपोर्टर्स क्लब...

रवि लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा छाड्न चितवन जिल्ला अदालतको आदेश
रवि लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा छाड्न चितवन जिल्ला अदालतको आदेश
  • २०७४ मंसिर ११, ०८: ३९

काठमाडौं : चितवन जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ...

नेप्से परिसूचकमा ११ दशमलव ६४ अंकको गिरावट
नेप्से परिसूचकमा ११ दशमलव ६४ अंकको गिरावट
  • २०७४ मंसिर ११, ०८: ३९

काठमाडौंः नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज ११ दशमलव ६४ अंकको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ११ दशमलव...