इन्डोनेशियाको लोम्बोक टापुमा आइतवार शक्तिशाली भूकम्प झण्डै ४०० को हाराहारीमा ज्यान गएको छ । विपद् व्यवस्थापनसम्बन्धी अधिकारीहरूका अनुसार सयौँ मानिस घाइते भएका छन् ।
७ म्याग्निच्युडको भूकम्पकाबाट सयौँ भवनमा क्षति पुगेको छ भने विद्युत् आपूर्ति बन्द भएको छ । आइतबारको भूकम्पको पराकम्प बिहिबार गएपछि मृत्यु हुनेको संख्यामा बद्धि भएको हो । सोही स्थानमा बिहिबार पुनः भूकन्प गएको थियो ।
छिमेकी बाली टापुका मानिसहरू चिच्याउँदै घरबाट भागिरहेको दृश्य भिडिओ फूटेजमा देखिन्छ । समुद्री तट र पदयात्राका लागि लोकप्रिय टापु लोम्बोक एक हप्ताअघि पनि भूकम्प गएको थियो । अघिल्लो भूकम्पमा कम्तीमा १६ जनाको ज्यान गएको थियो । अमेरिकी भूगर्भ सर्वेक्षण केन्द्रका अनुसार आइतवारको भूकम्पको केन्द्रविन्दु लोम्बोकको माताराम नगरदेखि १० किलोमिटर उत्तरतिर रहेको थियो। भूकम्प लगत्तै सुनामी आउने चेतावनी जारी गरिएको थियो।
तर केही घण्टापछि उक्त चेतावनी फिर्ता लिइएको थियो । इन्डोनेशियाको विपद् न्यूनीकरण निकायका एकजना प्रवक्ताले लोम्बोक टापुको प्रमुख नगर माताराममा थुप्रै घरहरूमा क्षति पुगेको समाचार संस्थाले बताएका छन् । समाचारका अनुसार क्षति पुगेकामध्ये अधिकांश कमसल निर्माण सामग्रीबाट बनेका घरहरू छन् । मातारामका बासिन्दाले एउटा शक्तिशाली झट्का महसुस गरेपछि मानिसहरू घरबाट भाग्न थालेको बताएका छन् ।
यसैबीच, शक्तिशाली भूकम्प गएको इन्डोनेशियाको लोम्बोक टापुको पहाडी क्षेत्रमा सयौँ पदयात्रीहरू उद्धारको प्रतीक्षामा रहेका विवरणहरू सार्वजनिक भएका छन् । पदयात्रीहरू फर्किने पदयात्रा मार्गहरू पहिरोका कारण अवरुद्ध भएकाले पदयात्रामा गएका पर्यटकहरू लोम्बोक टापुको रिन्जानी पर्वतबाट तल झर्न नसकेको बताइएको छ ।
आइतवार विहान ६.४ म्याग्निच्युडको भूकम्प गएपछि कम्तीमा १६ जनाको ज्यान गएको थियो भने कैयौँ भवन तथा संरचनाहरू भत्किएका थिए । भूकम्पपछि कैयौँ मानिस घाइते भएका थिए। पीडितहरूको उद्धार गर्ने प्रयासमा अहिले सयौँ उद्धारकर्ताहरू खटिएको बताइएको छ । उद्धार कार्य जारी रहँदा सोमवार इन्डोनेशियाका राष्ट्रपति जोको विडोडो भूकम्प प्रभावित क्षेत्रको भ्रमणमा गरी अवलोकन गरेका थिए ।
काठमाडौं।अमेरिकी विदेश मन्त्रालयले बुधबार नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी भिसा प्रक्रिया स्थगित गर्ने घोषणा गरेको छ। अमेरिकी विदेश विभागले...
काठमाडौँ : बैंककबाट थाइल्याण्डको उत्तर-पूर्वतर्फ जाँदै गरेको रेलमा निर्माणाधीन क्रेन खसेपछि रेल दुर्घटनाग्रस्त भएको छ । थाइल्याण्डको उत्तर(पूर्वी क्षेत्रमा एउटा...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग व्यापार गर्ने देशहरूबाट अमेरिकामा आयात हुने सबै सामानमा २५ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेका...