गत मार्चमा रुसका भूतपूर्व गुप्तचर सेर्गेइ स्क्रिपाल र उनकी छोरीलाई ब्रिटेनमा स्नायुप्रणालीमा असर पार्ने विष प्रयोग गरी आक्रमण गरेको घटनालाई लिएर अमेरिकाले रुसमाथि नयाँ प्रतिबन्धहरू लगाउन लागेको छ ।
विदेश मन्त्रालयकी प्रवक्ता नार्ट हिथरले रुसी सरकारले अन्तर्राष्ट्रिय कानुनको उल्लघन गर्दै आफ्नै नागरिकविरुद्ध जैविक हतियारहरू अथवा घातक रसायन प्रयोग गरेको भन्नेमा आफू ढुक्क रहेको जनाएको छ । संसद्का रिपब्लिकन सांसदहरूको दबावपछि विदेशमन्त्रालयले मस्कोले स्क्रिपाल र उनकी छोरीमाथि सैन्यस्तरको रासायनिक हतियार प्रयोग गरेर अन्तर्रा्ष्ट्रिय कानुन तोडेकोबारे आफू स्पष्ट रहेको जनाएको हो ।
यी नयाँ प्रतिबन्धहरूमा संवेदनशील खालका विद्युतीय सामानहरूलगायत अन्य प्राविधिक कुराहरूको निर्यात पर्छन् । स्क्रिपाल र उनको छोरीमाथि रासायनिक विषको प्रयोग गरेलगत्तै करिब पाँच दर्जन कूटनीतिज्ञहरूलाई निष्कासित गरेको ट्रम्प प्रशासनले रुसले अन्तर्राष्ट्रिय कानुन तोडेको औपचारिक रूपमा बताएको हो ।
तर संसद्ले त्यस्तो निर्णयका लागि दबाव दिँदै आएको थियो र अहिले विदेश मन्त्रालयले रुसले रासायनिक हतियार प्रयोग गरेर सन् १९९१ को कानुन उल्लङ्घन गरेको पुष्टि गरेको हो । त्यस्तो उल्लङ्घनका लागि कुनै पनि देशमाथि अमेरिकाले प्रतिबन्ध लगाएको यो तेस्रो पटक मात्रै हो । ब्रिटिश सरकारले अमेरिकाको यो कदमको स्वागत गरेको छ ।
रुसले भने गत मार्च महिनामा स्क्रिपाल र उनकी छोरीमाथि भएको आक्रमणमा आफ्नो संलग्नता अस्वीकार गरेको छ। रुसमाथिको यो पछिल्लो प्रतिबन्ध अगस्टको अन्त्यबाट लागु हुनेछ । राष्ट्रपति ट्रम्प भने अहिलेसम्म यो पछिल्लो कदमबारे मौन छन् । –बीबीसी
काठमाडौं।अमेरिकी विदेश मन्त्रालयले बुधबार नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी भिसा प्रक्रिया स्थगित गर्ने घोषणा गरेको छ। अमेरिकी विदेश विभागले...
काठमाडौँ : बैंककबाट थाइल्याण्डको उत्तर-पूर्वतर्फ जाँदै गरेको रेलमा निर्माणाधीन क्रेन खसेपछि रेल दुर्घटनाग्रस्त भएको छ । थाइल्याण्डको उत्तर(पूर्वी क्षेत्रमा एउटा...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग व्यापार गर्ने देशहरूबाट अमेरिकामा आयात हुने सबै सामानमा २५ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेका...