
बिराटनगर । ३३ किलो सुन तस्करी प्रकरणमा भरिया सनम शाक्यको हत्यामा संलग्न गोरे भनिने चुडामणी उप्रेतीसहित ८ जनालाई अदालतले दोषी ठहर गरेको छ। जिल्ला अदालत मोरङले ७७ जना प्रतिबादीमध्ये ८ जनालाई दोषी ठहर गरेको छ भने वाँकी सबैले सफाइ पाएका छन्।
सुन तस्करीका क्रममा केही सुन हराएपछि त्यसको खोजी गर्ने क्रममा भरियाको काम गर्ने मोरङ जिल्ला उर्लाबारी घर भएका सनम शाक्यको हत्या भएको करिव करिव साडे ३ वर्षपछि अदालतले मंगलबार फैसला सुनाएको हो।
सुन सस्करीका नाईकी गोरीले आफनै ठाउँ उर्लाबारीका सनम शाक्यलाई यातना दिएर स्थानीय सोल्टी खोलामा मारेपछि सुन तस्करीको घटना समेत वाहिरिएको थियो। अदालतले घटनामा संलग्न भएको आरोप लगाइएका तर हाल फरार रहेका २१ जनाको मुद्दा भने मुल्तबीमा राखेको छ।
हत्यामा जन्मकैद पाउनेमा गोरेसहित टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले नरेन्द्र कार्की र भोजराज भण्डारी छन्।
अन्य दुईलाई तीन वर्ष र ६ महीना कैद सजाय सुनाइएको छ। उनीहरुलाई शाक्यको हत्यासाथै अपहरण तथा शरीर बन्धकमा पनि दोषी ठहर गरिएको छ।
अदालतको मंगलबारको आदेशपछि नेपाल प्रहरीको तत्कालीन अपराध महाशाखा प्रमुख पूर्वएआईजी गोविन्दप्रसाद निरौला, हाल डीआइजी दिवेश लोहनी, श्यामबहादुर खत्री र प्रहरी उपरीक्षक विकासराज खनाल, प्रहरी नायब उपरीक्षक सञ्जय राउत, प्रजित केसी, प्रहरी नायब निरीक्षक बालकृष्ण सञ्जेल, हवल्दार अमरबहादुर थापा मगर र प्रहरी जवान विष्णु खड्काले अभियोगबाट सफाइ पाएका छन्।
२०७४ साल माघ ९ गते दुबईबाट नेपाल ल्याएको साढे ३३ किलो सुन हराएपछि सुन खोज्ने क्रममा गोरेको समूहले यातना दिँदा भरिया सनम शाक्यको मृत्यु भएको थियो। उनको शव विराटनगरमा बरामद भएपछि गरिएको अनुसन्धानका क्रममा ‘सुन तस्करीको हालसम्मकै ठूलो संजाल रहेका अनुसन्धानबाट खुलेको थियो।
सो घटनको छानबिन गर्न सरकारले सह–सचिव ईश्वरराज पौडेलको नेतृत्वमा समिति बनाएको थियो । समितिले घटनाको प्रारिम्भक अनुसन्धान गरेको अपराध महाशाखाका तत्कालीन एसएसपी दिवेश लोहनी, डीएसपी प्रजित केसी, सई बालकृष्ण सञ्जेल लगायतलाई पनि पक्राउ गरेर मुद्दा चलाएको थियो।
तत्कालिन जिल्ला प्रहरी कार्यालय मोरङ र पूर्वक्षेत्र प्रहरी कार्यालयले गरेको एकै दिनको पत्रकार सम्मेलनमा शाक्यको हत्या उर्लाबारीको सोल्टी खोलामा भएको थियो कि सिरहाको दक्षिणी भागमा भएको थियो भन्ने फरक फरक सूचनाबाहिरिए पछि प्रहरीकै कमजोरी खुलासा भएको थियो। मुख्य नाईके गोरेलाई भगाउन केही ढिला गरी बिराटनगरबाट मात्रै शब बरामत भएपछि प्रहरीमाथि नै शंकाको सुई फर्केको थियो।
घटनालाई लुकाउन नेपाल प्रहरीको महानगरीय अपराध अनुसन्धान महाशाखाका तत्कालिन प्रमख एसएसपी दिवेश लोहनी, डीएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेलको पनि भूमिका थियो भनेर अभियोग लगाइएको थियो। पछि प्रहरी प्रधान कार्यालयले तत्कालिन डीआइजी पुष्कलराज रेग्मीको नेतृत्वमा छुट्टै छानबिन समिति बनाएको थियो।
को हुन गोरे ? यस्तो छ पृष्ठभूमि
२०७४ साल फागुनमा नेकपा एमाले संसदीय दलका नेता समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भए र उनको कानूनी सल्लाहकार अर्थात महान्यायाधिवक्ता अग्नीप्रसाद खरेल नियुक्त भएका थिए। उनै खरेलका बहिनी ज्वाईवं रहेका चुणमणी उप्रेतिलाई जोगाउन राज्य संयन्त्रले नै दबाब दिएको थियो। तर त्यसको मोहरा भने प्रहरी अधिकृत र जवानलाई बनाइयो।
सर्बत्र बिरोध र आलोचनापछि गोरेको खोजी गर्न इन्टरपोलमार्फत रेड कर्नर नोटिसमा राख्ने प्रकृया अघि बढ्दै जाँदा गोरे दुबईबाट नेपाल आएका थिए। मोरङको उर्लाबारी स्थायी घर भएका गोरे मध्यम बर्गिय परिवारका युवा हुन्। उर्लाबारीमा हुँदा फुटबल खेल्ने गोरे भारतीय सेनामा भर्ती भएर तालिम नसकिँदै दुबईमा गएर दुवई प्रहरीमा भर्ना भएका थिए।
दुबई हुँदै सुन तस्करको सञ्जाल बुझ्ने मौका पाएका गोरेले दुबई प्रहरीको जागिर छाडेर सुन तस्करीमा लागे। त्यसपछि उनको जीवनशैली दिनु दुई गुना रात चौगुनाले बढ्यो। उर्लाबारी र नजिकका स्थानमा हुने सार्बजनिक कार्यक्रम, फुटबल प्रतियोगिता, पुराण आदिमा उनले मनग्गे सहयोग गरेको देखेर स्थानीयहरु अचम्म पनि मान्थे । पछिल्ला पाँच –छ वर्षदेखि गोरेले काठमाडौंको जयबागेश्रीमा आलिसान महल खरिद गरेका थिए।
राजनीतिक दलका नेताहरुलाई चन्दा सहयोग र सुन नै उपहार दिने गोरेले उर्लाबारीको माण्डे होटललाई प्रयोग गर्ने गर्दथे । उनले सुनका धेरै जसो भरिया पनि उर्लाबारीकै स्थानीय युवालाई बनाएका थिए। उनको समाजसेवी क्रियाकलाप देखेर स्थानीयहरु छक्क पर्ने गर्दथे।
काठमाडौं : आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि देशव्यापी मदाता नामावली संकलन जारी छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार पछिल्लो समयमा...
काठमाडौँ : नेपालले जलवायु परिवर्तनका सम्बन्धमा विश्वसामु साझा सहकार्य, जलवायु न्याय र दिगो भविष्यका लागि तत्कालीन कार्यको आह्वान गरेको छ...
काठमाडौं : हङकङमा जारी हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा नेपाल दक्षिण अफ्रिकासँग ४ विकेटले पराजित भएको छ । जितका लागि नेपालले दिएको...