काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले डा गोविन्द केसीका माग सम्बोधन गर्न राखेको नयाँ प्रस्तावप्रति असहमति जनाउँदै केसीले फेरि अनसन बस्ने चेतावनी दिएका छन् । प्रधानमन्त्रीले केसीका माग सम्बोधन गर्न एक समिति गठन गरी स्वास्थ्य क्षेत्रका वृहत समस्या समाधानका लागि सरकारले पहल गर्ने प्रस्ताव राखेका थिए ।
केसी पक्षले प्रधानमन्त्रीको प्रस्तावलाई भने फेरि पनि चिकित्सा शिक्षा सुधारको लागि आफूले अघि सारेका मागलाई संवोधन नगर्ने नयाँ रणनीति हुन सक्ने भन्दै शंकास्पद रुपमा लिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटरमा शनिबार डा केसीसहितको टोलीसँग प्रधानमन्त्री ओलीले करिव २ घण्टा लामो छलफल गरेका थिए । आफूसँगको सम्झौतामा आफ्ना माग १५ दिन भित्रमा पूरा गर्ने सहमति भएपनि सहमति कार्यान्वयनका लागि सरकारले प्रभावकारी कदम नचालेको आरोप केसीले लगाएका थिए ।
उनले आफूसँग भएको सहमति कार्यान्वन गर्न सरकारले आलटाल गरेमा आफू पुनः आनसन बस्ने चेतावनी दिएका थिए । केसीको चुनौति सुनेपछि निकै बेचैन देखिएका प्रधानमन्त्री ओलीले केसीको माग पुरा गर्न मानसिक दबाब महसुस गरेका थिए । डा. केसीको गुनासालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले संसदमा लैजानुपर्ने विषय सहमति अनुसार नै लगेको र मन्त्रिपरिषदमा आउनुपर्ने विषयमा शिक्षा मन्त्रालयसँग आवश्यक छलफल गरी अघि बढ्ने बताएका थिए ।
भेटमा सकारात्मक छलफल भए पनि सम्झौता कार्यान्वयन प्रक्रियामा अघि नबढेको विषय प्रधानमन्त्रीसँग भने डा. केसी पक्षधरले गुनासो गरेका थिए । प्रधानमन्त्रीले संसदमा लैजाने विधेयक सहमति अनुसार नै लगेको तथा अन्य समस्याको समाधानका लागि पहल गर्ने र एउटा समिति गठन गरेर प्रक्रिया अघि बढाउने प्रस्ताव गरेका थिए ।
केसीले भेटमा देशका सबै जिल्लाको स्वास्थ्य अवस्थाको बारेमा आफूलाई जानकारी भएको भन्दै सबै जिल्लाको स्वास्थ्य समस्या समाधानका लागि सरकार गम्भिर हुनुपर्ने माग गरेका थिए । जवाफमा प्रधानमन्त्रीले पनि प्रत्येक जिल्ला र स्थानीय तहको अवस्था आफूलाई पनि जानकारी भएकाले स्वास्थ्य सेवालाई सर्बसुलब बनाउन सहयोग गर्न प्रस्ताव गरेको वालुवाटार स्रोतले जनायो ।
भेटमा डा केसीसहित अधिवक्ता ओमप्रकाश अर्यालसहितको टोली सहभागी थियो भने बालुवाटरमा प्रधानमन्त्री ओलीसहित प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, प्रेस सल्लाहकार कुन्दन अर्याललगायतको सहभागिता भए पनि केपी बाहेक कसैले पनि बोलेका थिएनन् । केसीले सहमति तोडमोड भएमा आफू १६ औं अनसन बस्ने चेतावनी दिएका थिए । प्रधानमन्त्री ओलीले डा. केसी समेत संलग्न भएको समिति बनाएर अन्य समस्या समाधान गर्ने गरेको प्रस्तावको जवाफमा केसीले त्यसमा आफू बस्न आवश्यक नभएको र आफ्ना प्रतिनिधि राख्दा हुने जवाफ दिएको डा केसी पक्षका वार्ता टोली सदस्यले बताए ।
काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले कांग्रेसभित्र देखिएको अत्यन्तै जटिल अवस्थाले मुलुककै लागि ठुलो राजनैतिक चुनैाती थपिएको...
इनरुवा : सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–९ सोनयाहीमा आज ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्जु...
काठमाडौं : नेकपा (माओवादी) र जेनजी पुस्ताका अगुवा मिराज ढुंगाना समूहबीच सर्वपक्षीय सरकार गठन गर्न संघर्ष गर्ने सहमति भएको छ...