इटलीको उत्तर पश्चिममा रहेको जेनोआ शहरमा एउटा प्रमुख राजमार्गमा रहेको एक पुल भत्किंदा कम्तीमा ३५ जनाको ज्यान गएको अधिकारीहरुले जनाएका छन् । आँधीबेहरी आएको बेला पुल भत्के पछि तीसवटा भन्दा बढी गाडीहरु पुलसंगै भुईंमा बज्रेका थिए ।
प्रत्यक्षदर्शीहरुले कैयौं मानिसहरु मोटरभित्रै चेपिइरहेको हुनसक्ने जनाएका छन् । द्धारकर्ताहरुले मोटर तथा भग्नावशेषभित्र चेपिइरहेको हुनसक्ने ठानिएका मानिसहरुको खोजी गरिरहेका छन्। कैयौं घाइतेहरुलाई अस्पताल लगिएको छ ।
स्थानीय समय अनुसारबिहानको झण्डै साढे एघार बजे पुल भत्किएको समाचारहरुमा जनाइएको छ । सो झोलुंगे पुल सन् १९६० को दशकमा निर्माण गरिएको थियो र दुई वर्ष अघि त्यसको मर्मतसंभार गरिएको थियो । एकजना प्रत्यक्षदर्शीले चट्याङ्ग परेका कारण पुल भत्किएको बताए । प्रत्यक्षदर्शीहरुले खिचेको भिडिओमा भारी वर्षातका बेला पुललाई अड्याइ राखेको एउटा टावर भत्किएको देख्न सकिन्छ ।
मोटरहरु र अरु भग्नावशेष झण्डै ९० मिटर तल रेलवे ट्याक, भवन र नदीमा खसेका थिए। इटलीका गृह मन्त्री म्यातियो साल्भिनीले झण्डै २०० जना उद्धारकर्ताहरु उद्धारमा संलग्न रहेको जनाएका छन् । यातायात मन्त्री डानिलो तोनिनेलीले सो दुर्घटना एउटा ’भयानक त्रासदी’ भएको बताए । फ्रान्सले कुनै पनि खाले सहयोग गर्न आफु तत्पर रहेको जनाएको छ ।
काठमाडौं।अमेरिकी विदेश मन्त्रालयले बुधबार नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी भिसा प्रक्रिया स्थगित गर्ने घोषणा गरेको छ। अमेरिकी विदेश विभागले...
काठमाडौँ : बैंककबाट थाइल्याण्डको उत्तर-पूर्वतर्फ जाँदै गरेको रेलमा निर्माणाधीन क्रेन खसेपछि रेल दुर्घटनाग्रस्त भएको छ । थाइल्याण्डको उत्तर(पूर्वी क्षेत्रमा एउटा...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग व्यापार गर्ने देशहरूबाट अमेरिकामा आयात हुने सबै सामानमा २५ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेका...