निर्वाचनका लागि ४५ जिल्लामा फेरी सडक नाटक – Naya Bikalpa
May 27, 2026, Wednesday      Epaper

निर्वाचनका लागि ४५ जिल्लामा फेरी सडक नाटक

काठमाडौं । मंसिर १० बाट भइरहेको पहिलो चरणको निर्वाचनका लागी ३२ जिल्लामा खटिएका २० नाटक टोलीले सडक नाटक ‘महादान’ प्रदर्शन सम्पन्न गरेका छन् । लगत्तै आगामि २१ मंसिरमा हुने दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागी मतदाता शिक्षा प्रस्तुत गर्न थप २२ टोली नाटककर्मिहरु शनिबार ९ मंसिरबाट ४५ जिल्लाका सम्बन्धित क्षेत्रमा पुगेका छन् ।

जसमध्ये केहि टोलीले ९ मंसिरबाटै नाटक मञ्चन शुरु गरे भने केहि टोलीले १० र ११ गतेबाट सडक नाटक ‘महादान’ मञ्चन गर्न थालेका छन् । निर्वाचन शिक्षाका लागी निर्वाचन आयोजद्धारा आयोजीत सडक नाटक ‘महादान’ फरक समूहले स्थानिय भाषामा मञ्चन गर्दैछ । सांँस्कृतिक संस्थानको संयोजन र आरोहण गुरुकुलको सहकार्यमा प्रस्तुत हुँदै आएको यो नाटक मार्फत कलाकारहरुले सम्बन्धित क्षेत्रमा निर्वाचनमा कसरी सहभागी भएर सहि रुपमा मतदान गर्ने भन्ने शिक्षा प्रदान गरिरहेका छन् ।
यसैक्रममा प्रदेश २ को सर्लाहीमा चक्रघट्टा गाउँपालीकाको चक्रघट्टा बजार, कौडेना गाउँपालीकाको कौडेना बजार, बिष्णु गाउँपालीकाको बिष्णु बजार, गोडौता नगरपालीकाको गोडौता र धनकौल गाउँपालीकाको धनकौल बजारमा नाटक ‘महादान’ प्रदर्शन गरियो । आरोहण गुरुकुल नाटकका निर्देशक दिपेश भण्डारीले तराईको ठाउँ भएपनि बाटोको समस्याले नाटक प्रदर्शनमा गाह्रो भएको बताए ।

यस्तै प्रदेश २ कै रौतहटस्थित गौर नगरपालीकाको बिपी चोक, राजदेवी नगरपालीकाको राजदेवी चोक, यमुना नगरपालीकाको सरौथा गाउँ र दुर्गा भगवती गाउँपालीकाको भन्सारी पिप्रा बजार गरी जम्मा चारठाउँमा नाटक ‘महादान मञ्चन भयो । साथै यसै श्रृंखला नाट्य समूहले प्रदेश ३ को मकवानपुरमा पनि नाटक मञ्चन ग¥यो । जस अन्तर्गत बाग्मती गाउँपालीकाको फापरबारी, बकैया गाउँपालीकाको थतिउन र गडी गाउँपालीकाको पिखरकटेरीमा नाटक ‘महादान’ प्रदर्शन गरिएको नाटक टोलीका निर्देशक आशाकाजी श्रेष्ठले जानकारी गराए ।
यस्तै प्रदेश ५ को सल्यानस्थित आरंग नाट्य समूहले कपुरकोट गाउँपालीकाको कपुरकोट, क्षत्रेश्वरी गाउँपालीकाको लाङ्ती, त्रिवेणी गाउँपालीकाको लोहान र झोरचौर गाउँपालीकाको झोरचौर बजारमा नाटक प्रदर्शन ग¥यो । सबैठाउँमा दर्शकको राम्रो उपस्थिती रहेको नाटकका निर्देशक गणेश गौतमले जानकारी दिए । यस्तैक्रममा प्रदेश ६ को बाँकेस्थित बैजनाथ गाउँपालीकाको सम्झना चोक, खजुरा गाउँपालीकाको सिमलघारी र जानकी गाउँपालीकाको बिजरा बजारमा नाटक प्रदर्शन गरिएको एम.आर. थिएटरका निर्देशक बीरेन्द्र हमालले जानकारी गराए ।

सम्बन्धित समाचार

‘गंगारानी’मा वर्षा शिवाकोटी अनुबन्धित
‘गंगारानी’मा वर्षा शिवाकोटी अनुबन्धित
  • २०७४ मंसिर ११, ०८: ४५

काठमाडौँ । अभिनेत्री वर्षा शिवाकोटी आगामी नेपाली सिनेमा गंगारानी मा अनुबन्धित भएकी छन् । निर्माण टिमले उनलाई औपचारिक रूपमा स्वागत...

‘मितज्यू’ र ‘काजी’ आजदेखि एकसाथ प्रदर्शनमा
‘मितज्यू’ र ‘काजी’ आजदेखि एकसाथ प्रदर्शनमा
  • २०७४ मंसिर ११, ०८: ४५

काठमाडौँ ।  आजदेखि दुई नेपाली फिल्म ‘मितज्यू’ र ‘काजी’ देशभर एकसाथ प्रदर्शनमा आएका छन्। मितेरी साइनोको कथामा आधारित फिल्म ‘मितज्यू’...

चलचित्र ‘बाः एक योद्धा’को वितरण कुवेर सिने डिस्ट्रिब्युसनलाई, भदौ १९ बाट प्रदर्शनमा आउने
चलचित्र ‘बाः एक योद्धा’को वितरण कुवेर सिने डिस्ट्रिब्युसनलाई, भदौ १९ बाट प्रदर्शनमा आउने
  • २०७४ मंसिर ११, ०८: ४५

काठमाडौं । चलचित्र ‘बाः एक योद्धा’को वितरण अधिकार कुवेर सिने डिस्ट्रिब्युसनले प्राप्त गरेको छ । निर्माता वसन्त लम्साल र कुवेर...