जापानले बनायो उड्ने बाइक, मूल्य हेरेर सबै चकित – Naya Bikalpa
June 10, 2026, Wednesday      Epaper

जापानले बनायो उड्ने बाइक, मूल्य हेरेर सबै चकित

जापान । जापानको एक कम्पनीले उड्ने बाइक बनाएको छ । फुटबल खेलाडी केउसुके होन्डाले सुरू गरेको स्टार्टअप कम्पनीले बनाएको उक्त बाइक मंगलबारदेखि बिक्रीमा राखेको छ।

उक्त बाइकको मूल्य ६ लाख ८० हजार अमेरिकी डलर अर्थात ८ करोड १७ लाख रुपैयाँ राखिएको छ। टोकियोको ड्रोन स्टार्टअप एएलआई टेक्नोलोजीले बाइकमा परम्परागत इन्जिन राखेको छ । यसमा ब्याट्रीबाट चल्ने चार वटा मोटर जडान गरिएको छ ।

एक पटकमा ४० मिनेट उड्न सक्ने यो बाइकको गति प्रतिघन्टा सय किलोमिटर रहेको कम्पनीले जनाएको छ। व्यस्त सडकहरूमा उड्ने अनुमति जापान सरकारले नदिएको सञ्चारमाध्यमले जनाएका छन् । अहिले उक्त बाइकको प्रयोग उद्धार कार्य र दुर्गम ठाउँमा मात्र गर्ने बताइएको छ ।

सम्बन्धित समाचार

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्री गुरुङको निर्णय
दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्री गुरुङको निर्णय
  • २०७८ कार्तिक १०, ०९: २०

काठमाडौं : नवनियुक्त गृहमन्त्री सुधन गुरुङले नारायणहिटी राजदरबार हत्याकाण्डको अनुसन्धान प्रक्रिया अघि बढाउने निर्णय गरेका छन् । पद तथा गोपनीयताको...

धादिङको गल्छीमा पर्यटक बस र सानो गाडी ठोक्किँदा ७ जना घाइते
धादिङको गल्छीमा पर्यटक बस र सानो गाडी ठोक्किँदा ७ जना घाइते
  • २०७८ कार्तिक १०, ०९: २०

धादिङ, असार ९ – धादिङको गल्छी गाउँपालिका–७ स्थित गल्छी बजारमा रहेको पृथ्वी राजमार्गमा पर्यटक सवारी साधन र सानो गाडी एकआपसमा...

नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्री महावीर पुनले लिए शपथ
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्री महावीर पुनले लिए शपथ
  • २०७८ कार्तिक १०, ०९: २०

काठमाडौं : नवनियुक्त दुई मन्त्रीले शपथ ग्रहण गरेका छन् । मंगलबार राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित समारोहमा नवनियुक्त गृहमन्त्री सुधन गुरुङ...