संविधान सभाबाट नेपाली कांग्रेसको नेतृत्वमा बनेको सरकारले संविधान जारी गर्न सफल भएपछि मधेशका केही नेता बाहेक सबैको सहमती रहेको संविधान अन्तर्गत स्थानीय तह निर्वाचन सफल भई अब मुलुक संघीय गणतन्त्रात्मक प्रणालीका लागि प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनमा होमिएको छ ।
यस अन्तर्गत हिजो मंसिर १० गते पहाडी ३२ जिल्लाको निर्वाचन समेत भई सकेको छ र बाँकी जिल्लाहरुको पनि आउने २१ गते सम्पन्न हुँदैछ । तर बल्लबल्ल हत्याहिंसाको बाटो त्यागेर शान्ति प्रकृया शुरु भई सकेको अवस्थामा पुन अशान्ति फैलिने हो की भनेर जनतामा क्रास फैलिन थालेको छ । बल्लबल्ल सबैखाले राजनीति असहमती समाप्त भएर मुलुक आवधिक निर्वाचनको बाटोतिर लम्केको समयमा कहिकतैबाट पनि अशान्ति हुनु हुँदैन । लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न हजारौंको रगत बगेको सबैको सामु छर्लङ्ग हुँदाहुँदै फेरी पनि के को लागि राजनीतिक लडाई ? के का लागि बम बारुद आंतक ?
निर्वाचनको क्रममा उम्मेद्वार माथि लक्षित गरेर हाल देशको विभिन्न क्षेत्रहरुमा भई रहेको बम बिष्फोटनले निहत्या जनतालाई किन क्रसित बनाउनु ? जाजरकोटबाट सुरु भएको आंतकले दाङ्ग, बाग्लुङ, तनहुँ, नुवाकोट सम्म आईपुग्दा प्रचाप्रसारमा नै ठूलो धक्का लाग्ने गरी आतंक मच्चिएको छ । कार्यकर्तादेखि उम्मेद्वारसम्म निकै आतंकित भएका छन् । निवर्तमान गृहमन्त्री जनार्दन शर्मा, उपप्रधानमन्त्री कृष्ण बहादुर महरा, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल कांग्रेस नेता राम शरण महत लगायतलाई लक्षित गरेर बम विष्फोटनमा निहत्या कार्यकर्ता बल्लबल्ल बाचेका छन् । यस्तो जघन्य अपराधिक कार्य लोकतान्त्रिक संस्कार भएको राजनैतिक दलले गर्न सक्दैनन् ।
यो कहाँबाट कसरी भई रहेको छ ? सुरक्षा निकायले किन खोजी कार्य गर्दैन ? राजनैतिक कारणले पुन हत्याहिंसा सुरु भएको हो ? सबैले सबै क्षेत्रबाट सुजबुझका साथ विचार गरी समयमा नै निराकरण गर्न अत्यावश्यक छ । अब कोही पनि नेपाली दाजुभाई, दिदी बहिनी राजनैतिक कारणबाट राजनैतिक असन्तुष्टिबाट बन्दुक बोक्ने र बिष्फोटन गराउँदै हिड्नु पर्ने बाध्यता हुनु हुँदैन । संघीय लोकतान्त्रिक, गणतन्त्र स्थापना भई सकेको र आवधिक निर्वाचन मात्र बाँकी रहेको अवस्थामा प्राप्त उपलब्धीहरुलाई संस्थागत बनाएर खुल्ला प्रतिस्पर्धाबाट राजनीति यात्रामा सहभागी हुनुनै उचित कदम हुनेछ । वर्तमान अवस्थामा जुनखाले राष्ट्रलाई घाटा बाहेक केही हुन सक्दैन ।
पछिल्लो समय नेपालमा पनि त्यस्तो आतंक भयो । मंगलबार सम्मानित सर्वोच्च अदालतमा भएको बम आतंकले सर्वोच्च अदालतको दैनिक कार्य सञ्चालन समेत अबरुद्ध भयो । सम्मानित सर्वोच्च अदालतको परीसरभित्र राखेको हल्लाले सर्वोच्च अदालतका सबै काम ठप्प समेत भयो । न्याय सम्पादनमा समेत अवरुद्ध भएको यस किसिमको आतंकले सोझासाझा जनता निकै त्रसित हुन पुगेका छन् । मंगलबार सर्वोच्च अदालतको परीसरमा बम राखेको हल्ला सर्वोच्च अदालतकै एक कर्मचारीलाई गराएपछि न्याय सम्पादन गर्न बेन्चबेन्चमा बसेका न्यायाधिसहरुले भागाभाग गर्नुप¥यो । न्याय नपाएर त्रासमा घर फर्कनुप¥यो । यसरी एकाएक सर्वोच्च अदालतको कार्यकक्षमा सन्नाटा छायो र बाहिर सुरक्षा कर्मीले भरीभराउ भयो । यसरी दैनिक रुपमा भएको आतंक तत्काल बन्द गरीनुपर्छ । कुनै हालतमा यस्ता अपराधिक कृयाकलाप बन्द गरिनुपर्छ र सरकारले पनि यो बम आतंक कहाँबाट कसरी भईरहेको छ ? त्यसमा यथार्थ जानकारी जनसमक्षा लेराउनुपर्छ ।
सरकारले सरकारी खर्चमा मितव्ययिता ल्याउने र सूचना प्रकाशनमा एकरूपता कायम गर्ने भन्दै सबै प्रकारका विज्ञापन तथा सूचनाहरू सरकारी सञ्चार...
गत फागुन २१ गते सम्पन्न आम निर्वाचनमा नेपाली कांग्रेस नराम्ररी पराजित हुन पुग्यो । यो पराजयका पछाडि रास्वपामा आएको लहर...
१. नेपाली कांंग्रेसको नियमित महाधिवेशन र नयाँ संसदीय स्वरुप नेपाली कांग्रेसको नियमित महाधिवेशन हुनुपर्ने थियो २०८२सालको मंसिरसम्ममा तर हुन सकेन...