काठमाडौं घोषणापत्र जारी गर्दै बिम्स्टेक सम्मेलन सम्पन्न – Naya Bikalpa
June 17, 2026, Wednesday      Epaper

काठमाडौं घोषणापत्र जारी गर्दै बिम्स्टेक सम्मेलन सम्पन्न

काठमाडौं । यही भाद्र १४ र १५ गते काठमाडौंमा सम्पन्न बिम्स्टेक सम्मेलन शुक्रबार अपरान्ह सम्पन्न भएको छ । दुई दिने उक्त सम्मेलनमा बहुपक्षिय र आर्थिक पक्षिय सहयोगको लागि सबै राष्ट्र सहमत भएका छन् । बिम्स्टेक सम्मेलन नेपालले गरेको हो । वर्तमान प्रधानमन्त्री के.पी शर्मा ओलीको अध्यक्षतामा सम्पन्न भएको बिम्स्टेक बैठकले १८ बुंदे काठमाडौं घोषणापत्र जारी गर्दै सम्मेलन समापन भएको छ । सातै देशका राष्ट्र प्रमुख र सरकार प्रमुखहरुले कनेक्टिभिटीलाई विषेश जोड दिएका छन् ।

सातै राष्ट्रहरुबीच रेलमार्ग, हवाईमार्ग, राजमार्ग तथा जलमार्ग जोड्ने सम्बन्धमा सबै सहमत भएका छन् । त्यसैगरी विद्युत प्रशारण लाइन जोड्ने विषयमा पनि गहन छलफल भएको र उक्त प्रसारण लाइन एक आपसमा जोड्ने सहमति सहित गरेका छन् । सदस्य राष्ट्रहरुले वर्तमान अवस्थामा फैलिँदै गएको आतंकवादसँग लड्ने सामूहिक प्रयास गर्ने कुरामा जोड दिएका छन् ।

आतंकवादका विरुद्ध लड्ने प्रतिबद्धताअनुसार सबैखाले आतंकवादको अन्त गराउन सातै राष्ट्रका राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरुले विशेष जोड दिएका छन् । त्यसैगरी, कृषि प्रविधिलाई एक–आपसमा साटासाट गर्ने, आतंकवाद विरुद्ध लड्न जलवायु परिवर्तनले पार्ने असरहरुलाई न्यूनीकरण गर्न सातै राष्ट्र सहमत हुने व्यापार र लगानी बढाउने तथा बिम्स्टेक भिसाको लागि सहजीकरण गर्ने जस्ता महत्वपूर्ण कार्य गर्नेगरी १८ बुंदे घोषणापत्र जारी भएको हुँदा उक्त घोषणापत्र दस्तावेजको रुपमा प्रकाशित गरेका छौं ।

 बिमस्टेको सचिवायल चुस्त बनाउन स्थायी कार्य समिति निर्माण गर्ने ।
 स्थायी कार्यसमितिले बिमस्टेक चार्टरको मस्यौदा बनाउने । मस्यौदा पाँचौ शिखर सम्मेलनमा पेश गर्ने ।
 बिमस्टेक विकास कोषको स्थापना गर्ने । कोषमा सदस्य राष्ट्रहरुबा रकम जुटाईने ।
 बिमस्टेक सचिवालयको क्षमता अभिवृद्धि गर्ने । एक सदस्य राष्ट्र एक निर्देशक गरि सात जना निर्देशक नियुक्त गर्ने ।
 बिमस्टेकका सदस्य राष्ट्रहरुमा सन २०३० भित्र गरिबीको अन्त्य गरिसक्ने ।
 अन्तरदेशीय राजमार्ग, रेलमार्ग, जलमार्ग, हवाईमार्ग विस्तार तथा अधुनिकीकरण गर्ने ।
 यातायात गुरुयोजना बनाई सदस्य राष्ट्रहरुमा कार्यान्वय गरिने ।
 यस क्षेत्रका जनतालाई इन्टरनेट र मोबाइलको थप पहुँच र सस्तो बनाउन एक कार्यसमूह बनाउने ।
 बिमस्टेक राष्ट्रहरुभित्र स्वतन्त्र व्यापारको लागि भइरहेको वार्तालाई निरन्तरता दिने
 बिमस्टेक व्यावसायीक मञ्च र बिमस्टेक आर्थिक मञ्चको गतिविधिलाई पुन सुचारु गर्ने ।
 अपराधिक गतिविधिहरुको सन्दर्भमा सदस्य राष्ट्रहरुबीच कानुनि सहायता सम्बन्धी सम्झौताको लागि आव्हान ।
 आतंकवाद र संगठित अपराध विरुद्ध सहकार्यलाई अभिवृद्धि गर्ने ।
 जलवायु परिवर्तन सम्बन्धी पेरिस सम्झौता कार्यान्वयनमा लैजाने ।
 बिमस्टेकभित्र उर्जा सम्बन्धी विस्तृत योजना बनाउने ।
 साना तथा मध्यम खालका प्रविधिसंग सम्बन्धीत उद्योगहरुका स्थापनाका लागि एक आपसमा सहयोग गर्ने ।
 कृषि क्षेत्रको विकास र कृषिमा परम्परागत ज्ञानको प्रयोगको क्षेत्रमा थप सहयोग आदान प्रदान गर्ने ।
 जनता जनताबिचको सम्बन्धलाई थप उचाइमा र्पुयाउन संयन्त्रहरु निर्माण गर्न सहमत ।
 बुद्ध सर्किट बनाउन सहमत ।
 सन् २०२० मा नेपालमा गर्ने भनिएको बिमस्टेक पर्यटन सम्मेलनलाई स्वागत ।
 पर्वतीय अर्थतन्त्रको विकासको लागि नेपालले राखेको प्रस्ताबको स्वागत ।
 भूपरिवेष्ठीत मुलुकहरुको हितका लागि प्रस्ताब गरिएको ‘ब्लू इकोनमि’ मा सहमति जनाउदै यसको कार्ययोजना बनाउन अन्तरदेशीय विज्ञ समूह गठन गर्न सहमत ।

सम्बन्धित समाचार

परराष्ट्रमन्त्री खनाल र सीपीपीसीसी अध्यक्ष वाङ हुनिङबीच भेटवार्ता
परराष्ट्रमन्त्री खनाल र सीपीपीसीसी अध्यक्ष वाङ हुनिङबीच भेटवार्ता
  • २०७५ भाद्र १८, ०८: ४९

काठमाडौँ । चीनको औपचारिक भ्रमणमा रहेका नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र नेसनल कमिटी अफ द पिपल्स पोलिटिकल कन्सल्टेटिभ कन्फरेन्स (सीपीपीसीसी)...

सातबुँदे प्रस्ताव नै एकताको महाधिवेशन !
सातबुँदे प्रस्ताव नै एकताको महाधिवेशन !
  • २०७५ भाद्र १८, ०८: ४९

काठमाडौं । निवर्तमान सभापति शेरबहादुर देउवा पक्षीय नेताहरुको भरपुर असहयोगका बीच नेपाली कांग्रेसमा उल्लेख्य संख्याले क्रियाशील सदस्यता अद्यावधिक भएको छ...

कोइराला-सिटैाला कोशी भेला प्रदेश सभापतिदेखि १४ वटै जिल्ला सभापतिहरुद्वारा बहिष्कार, डा. शशांकले एकता भाँड्न लागेको आरोप
कोइराला-सिटैाला कोशी भेला प्रदेश सभापतिदेखि १४ वटै जिल्ला सभापतिहरुद्वारा बहिष्कार, डा. शशांकले एकता भाँड्न लागेको आरोप
  • २०७५ भाद्र १८, ०८: ४९

विराटनगर : नेपाली कांग्रेसका वर्तमान नेतृत्वको विद्रोही नेताहरुले विराटनगरमा आइतबार आयोजना गरेको कोशी प्रदेशस्तरीय भेला करकलाको पानी जस्तै उखान सावित...