वार्ताका लागि जबराले पठाए बार अध्यक्ष श्रेष्ठलाई पत्र – Naya Bikalpa
June 13, 2025, Friday      Epaper
न्यायपालिकाको सुधार र सुदृढिकरणका लागि जस्तोसुकै सहयोग गर्न तयार

वार्ताका लागि जबराले पठाए बार अध्यक्ष श्रेष्ठलाई पत्र

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले वार्ता र संवादबाटै न्यायलयको समस्या समाधान गर्न आव्हान गरेका छन् ।
नेपाल बार एशोसिएसनका अध्यक्ष चेण्डेश्वर श्रेष्ठलाई पत्र पठाएर वार्ताकोे आव्हान गरेको बताइएको छ । अध्यक्ष श्रेष्ठले बार सल्लाहकार समितिको बैठकमा पत्रको व्यहोरा पढेर सुनाएका थिए ।

पत्रमा जबराले न्यायालयको अहिलेको गतिरोध छलफल र वार्ताका माध्यमबाट समाधानका लागि आफू तयार रहेको र जुनसुकै बेला पनि कानून व्यवसायीहरूसंग छलफल र वार्ता गर्न तयार रहेकाे उल्लेख गरेका छन् ।

न्यायपालिकाको सुधार र सुदृढिकरणका लागि जस्तोसुकै सहयोग गर्न आफु तयार रहेको व्यहोरा उल्लेख गर्दै प्रधानन्यायाधीश जबराले संवाद र छलफलबाट नै समाधान खोज्ने गरी पत्र पठाएको ती बारका एक पदाधिकारीले बताए ।

सम्बन्धित समाचार

भिजिट भिसा प्रकरण : कांग्रेस–एमाले र माओवादीबीच २ बुँदे सहमति
भिजिट भिसा प्रकरण : कांग्रेस–एमाले र माओवादीबीच २ बुँदे सहमति
  • २०७८ मंसिर ३, १८: १७

काठमाडौं : भिजिट भिसा प्रकरणलाई लिएर अवरुद्ध संसद् खोल्नेबारे सत्तारुढ दलहरू नेपाली कांग्रेस तथा नेकपा एमाले र प्रतिपक्षी माओवादीबीच २...

कूटनीतिक ‘इंगेजमेन्ट’ बढाएका छौं, परिणाम राम्रै निस्किन्छ : परराष्ट्रमन्त्री
कूटनीतिक ‘इंगेजमेन्ट’ बढाएका छौं, परिणाम राम्रै निस्किन्छ : परराष्ट्रमन्त्री
  • २०७८ मंसिर ३, १८: १७

काठमाडौं : परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले परराष्ट्र मन्त्रालयले कूटनीतिक सक्रियताका साथ ‘इङ्गेजमेन्ट’ बढाइएको र यसबाट देशको परराष्ट्र सम्बन्धमा राम्रै परिणाम...

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक असार १५ गते बस्ने
कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक असार १५ गते बस्ने
  • २०७८ मंसिर ३, १८: १७

काठमाडौंः नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । ९ महिनादेखि केन्द्रीय समितिको बैठक नगरेको कांग्रेसले असार १५ गतेका लागि...