कानून व्यवसायीहरूको आन्दोलन जारी – Naya Bikalpa
September 7, 2024, Saturday

कानून व्यवसायीहरूको आन्दोलन जारी

काठमाडाैं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनले सोमबार पनि धर्ना दिएको छ ।कानून व्यवसायीहरुले तेस्रो चरणको आन्दोलनअन्तर्गत सोमबार सर्वोच्च परिसरमा धर्ना कार्यक्रम गरका थिए ।

सर्वोच्च परिसरमा अदालको सुरक्षाका लागि खटाइएका दंगा प्रहरीहरु सोमबार हटाइएको सर्वोच्च अदालतले जनाएको छ । वकिलहरुले सर्वोच्च अदालत परिसरमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराका विरुद्ध चर्का नाराहरु लगाएका थिए ।

धर्नापछि नेपाल बार एशोसिएसनमा आयोजित विरोध सभामा अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश जबरा न्यायलयको नेतृत्वमा असफल सावित भएको र न्यायलयमा मौलाएको विकृति, विशंगति र ब्याप्त भ्रष्टचारको नाइके भएको बताउदै राजीनामाको बिकल्प नरहेको बताए ।

अध्यक्ष श्रेष्ठले अदालतमा सेवाग्राहीहरु जबराका कारण तीन वर्षदेखि अन्यायमा परिरहेको र बिचौलियामार्फत प्रधानन्यायाधीश जबराले फाइदाका मुद्धामात्र हेर्ने गरेको आरोप लगाए ।

न्यायलयको शुद्धिकरणका लागि प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनको नेतृत्वमा कानून व्यवसायीहरु विगत तीन सातादेखि आन्दोलनरत छन् ।

सम्बन्धित समाचार

नेपाललाई ‘नन् करप्ट’ राष्ट्रको पहिचान दिन प्रधानमन्त्रीको आग्रह
नेपाललाई ‘नन् करप्ट’ राष्ट्रको पहिचान दिन प्रधानमन्त्रीको आग्रह
  • २०७८ मंसिर ६, १४: २५

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई सहजरुपमा सेवा दिँदै नेपाललाई ‘नन् करप्ट’ राष्ट्रको पहिचान दिन निजामती कर्मचारीहरूलाई आग्रह गरेका छन्...

मधेशमा पहिलोपटक सरकारीस्तरमा एमबिबिएसको पढाइ हुने
मधेशमा पहिलोपटक सरकारीस्तरमा एमबिबिएसको पढाइ हुने
  • २०७८ मंसिर ६, १४: २५

धनुषा : चिकित्सा शिक्षा आयोगले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि चिकित्साशास्त्रमा स्नातक (एमबिबिएस)का लागि ५० सिट निर्धारण गरेको छ ।...

केही स्थानमा भारी वर्षाको सम्भावना
केही स्थानमा भारी वर्षाको सम्भावना
  • २०७८ मंसिर ६, १४: २५

काठमाडौं : हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको...