सुर्खेत । सुर्खेत निर्वाचन क्षेत्र नम्बर एकबाट नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले मंगलबार खुला पुरुषतर्फ महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका छन् ।
महामन्त्री खड्काले सुर्खेत निर्वाचन क्षेत्र नम्बर एकबाट लामो समयदेखि प्रतिनिधिसभामा चुनाव लड्डै आएका छन् । सोही निर्वाचन क्षेत्रबाट काँग्रेस महाधिवेशनमा २५ जना महाधिवेशन प्रतिनिधि पठाउनुपर्ने भएपनि महामन्त्री खड्कासहित ३५ जनाको उम्मेदवारी परेको बताइएको छ । पार्टीको केन्द्रीय सदस्य स्वत महाधिवेशन प्रतिनिधि हुने व्यवस्था भए पनि कार्यकर्ताबाट अनुमोदित हुनका लागि उम्मेदवारी दिएको महामन्त्री खड्काले बताएका छन् ।
महाधिवेशन निर्वाचनमा नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा र वरिष्ठ नेता राम चन्द्र पौडेल समूह प्यानल बानाएर निर्वाचनमा होमिएका छन् ।
यता सुर्खेत निर्वाचन क्षेत्र नम्बर दुईबाट प्रतिनिधित्व गर्ने वरिष्ठ नेता पौडेल समूहका केन्द्रीय सदस्य हृदयराम थानीले महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका छैनन् । यो निर्वाचन क्षेत्रबाट करिब ११ सय पतिनिधिले मतदान गर्ने बताइएको छ ।
दुईवटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको सुर्खेतमा मंगलबार क्षेत्रीय कार्यसमिति पदाधिकारी र महाधिवेशन प्रतिनिधि छनोटको निर्वाचन भैरहेको छ । सुर्खेतमा निर्वाचन क्षेत्र नम्बर १ को महेलकुना र २ को बाबियाचौरमा मतदान भइरहेको नेपाली काँग्रेस सुर्खेतले जनाएको छ ।
काठमाडौं : भारतीय अभिनेता नवाजुद्दिन सिद्दिकी शनिबार नेपाल आएका छन् । नेपाली फिल्म साम्बालाको प्रिमियरमा सहभागी हुन ऊनी काठमाडौ आएका...
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई सहजरुपमा सेवा दिँदै नेपाललाई ‘नन् करप्ट’ राष्ट्रको पहिचान दिन निजामती कर्मचारीहरूलाई आग्रह गरेका छन्...
धनुषा : चिकित्सा शिक्षा आयोगले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि चिकित्साशास्त्रमा स्नातक (एमबिबिएस)का लागि ५० सिट निर्धारण गरेको छ ।...