काठमाडौँ क्षेत्र नं २ को सभापति पदमा कविर शर्मा विजयी – Naya Bikalpa
July 29, 2026, Wednesday      Epaper

काठमाडौँ क्षेत्र नं २ को सभापति पदमा कविर शर्मा विजयी

काठमाडौं । नेपाली काँग्रेस १४ औँ महाधिवेशनअन्तग काठमाडौँ क्षेत्र नं २ को सभापति पदमा कविर शर्माले २८५ मल ल्याई विजयी भएका छन् । पार्टीको १४ औँ महाधिवेशनअन्तर्गत सम्पन्न अधिवेशनको मतगणना अनुसार शर्माले उनका निकटतम प्रतिद्वन्द्वी अर्जुन पराजुलीलाई ६५ मत अन्तरले विजयी भएका हुन् । प्रतिद्वन्द्वी पराजुलीले २२० मत प्राप्त गरेका हुन्।

काठमाडौं क्षेत्र नं २ का निर्वाचन अधिकृत वासु रिजालका अनुसार क्षेत्रीय सचिवमा दीपक दुलाल, भीमसेन थापा र सुजनकुमार खड्का विजयी भएका छन् । उनीहरुले क्रमशः २६४, २६२ र २६० मत ल्याई विजय भएका हुन् ।
महाधिवेशन प्रतिनिधि खुलातर्फ शङ्कर थापा, जयराज पुडासैनी, दीपकप्रसाद कुईंकेल, उपेन्द्र कार्की, ओमबहादुर कार्की, राजाराम तिवारी, रामशरण ढुङ्गाना, लवराज दाहाल, र लोकेश ढकाल विजयी भएको रिजालले बताए ।

यस्तै, महाधिवेशन प्रतिनिधि खस आर्य खुलामा कृष्णबहादुर केसी, प्रवीनमान सिंह, मुस्लिम, अल्पसङ्ख्यक, अपाङ्गतातर्फ नहकुल थापा, दलिततर्फ हरिशरण नेपाली, मधेसीतर्फ मुकेश मिश्र, खस आर्य महिलातर्फ मञ्जु खड्का र द्रोणा खड्का, खुला महिलातर्फ जानकी केसी, प्रतिमा गौतम, भद्रा भण्डारी, शर्मिला थापा कार्की निर्वाचित भएको उनले बताए ।

सम्बन्धित समाचार

भारतीय सहयोगमा पुनर्निर्मित गुस्तल महाविहार र प्रथमश्री महाविहारको आगम उद्घाटन
भारतीय सहयोगमा पुनर्निर्मित गुस्तल महाविहार र प्रथमश्री महाविहारको आगम उद्घाटन
  • २०७८ मंसिर ८, १५: २४

काठमाडौं : भारत सरकारको आर्थिक सहयोगमा पुनर्निर्माण गरिएको ललितपुरको पाटनस्थित गुस्तल महाविहार र प्रथमश्री महाविहारको आगमको उद्घाटन गरिएको छ ।...

मुग्लिन–नारायणगढ सडकमा तेस्रोपटक पहिरो, यातायात पुनः अवरुद्ध
मुग्लिन–नारायणगढ सडकमा तेस्रोपटक पहिरो, यातायात पुनः अवरुद्ध
  • २०७८ मंसिर ८, १५: २४

काठमाडौं ।  चितवनको मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत मुग्लिन बजार नजिकै खहरे खोलामा मंगलबार साँझ तेस्रोपटक सुख्खा पहिरो खस्दा सडक पुनः दुईतर्फी अवरुद्ध...

शेखर गोल्छा एक करोड धरौटीमा रिहा
शेखर गोल्छा एक करोड धरौटीमा रिहा
  • २०७८ मंसिर ८, १५: २४

काठमाडौं : व्यवसायी शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत काठमाडौंकी न्यायाधीश प्रतिमाकुमारी भट्टराई पोखरेलको...