
काठमाडौं । वैदेशिक रोजगारीमा जाने श्रमिकहरुका लागि अन्तर्राष्ट्रिय टर्मिनल भवनभित्र छुट्टै विश्राम कक्ष सञ्चालन गरिएको छ ।
श्रमिकहरू बस्न मिल्ने गरी बनाइएको विश्राम कक्षको संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेम आलेले श्रम इजाजत जाँच कक्षको बुधबार उद्घाटन गरे ।
विश्राम कक्षमा मोबाइल चार्जिङ प्वाइन्ट, वाईफाई, कुर्सी, तातो–चिसो खानेपानी, टिभी, टेलिफोन र उडानबारे थाहा पाउने डिजिटल डिस्प्ले बोर्ड समेत राखिएको छ । कुनै गुनासो भए यात्रुहरुले त्यहींबाट फोन गर्न मिल्ने गरी फोन र फोन नम्बर पनि राखिदिएको छ ।
३० जना अट्ने विश्राम कक्ष रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले बताए । विमानस्थलको मुख्य प्रवेशद्वार (गोल्डेन गेट)देखि आन्तरिक टर्मिनल भवनसम्म यात्रुको आउ–जाउ गर्न निःशुल्क बस सेवाको औपचारिक सञ्चालन गरिएको छ ।
बुधबार बिहान मन्त्री आलेले निःशुल्क बस सेवाको उद्घाटन गरे । तीन वटा बसको व्यवस्था मिलाइएको छ । आन्तरिक टर्मिनल भवनदेखि अन्तर्राष्ट्रिय टर्मिनल भवनसम्म निःशुल्क यातायात सेवा सन्चालन थप विस्तार गरिने योजना रहेको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले बताए ।
धनुषा : मिथिला बिहारी नगरपालिकाका–१ का वडा अध्यक्ष विन्देश्वर यादवको गोली प्रहार गरी हत्या गरिएको छ । आज साँझ अपरिचित...
काठमाडौं : नेपाली सेनाले पाँच जना नेपाल प्रहरीका सकल दर्जालाइ उद्धार गरी थप उपचारका लागि सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा पुर्याएको...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र सभापति रवि लामिछानेका प्रियपात्रमध्ये एक थिए सन्तोष परियार । तर, रविलाई नै थाहा...