
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको महामन्त्रीमा महिलातर्फ कुन्तीकुमारी शाहीले रेखा थापालाई पराजित गरेकी छन् । कुन्ती २००८ मत ल्याएर विजयी भएकी छन् भने रेखाले १६४० भोट ल्याएकी छन् ।
कुन्ती अध्यक्ष कमल थापा प्यानलबाट र नायिकासमेत रहेकी रेखा थापा लिङ्देन प्यानलबाट चुनाव लडेकी थिइन् । यसैबीच महिला महामन्त्रीका उम्मेदवार रेखा थापाले पराजय हुँदा पनि खुसी व्यक्त गरेकी छन् ।
थापाले चार बर्षको अवधिमा पार्टीका अधिकांशको मत जित्न सफल भएकोमा खुसी ब्यक्त गरेकी हुन् । ‘चुनावी प्रतिस्पर्धामा जे–जे भए पनि कुन्तीजीलाई मेरोतर्फवाट विजयी हुनु भएको बधाई भन्न चाहन्छु,’ थापाले आगामी योजनाबारे भनिन्, ‘अब म राप्रपामा आबद्ध सबैको मन जित्ने कोसिसमा लाग्नेछु, अब पार्टीलाई झन् सशक्त बनाउने मेरो प्रयास हुनेछ ।’
थापाको बुझाई राप्रपा महाधिवेशनमा आफुलाई ‘गणतन्त्रवादी’ भनेर महाधिवेशनस्थलमा प्रचार गरिएका कारण पनि पराजित हुनु परेको हो । नेपाल र नेपाली जनताका लागि आफू सदैव जीवन अर्पित गर्न तयार भएर अभिनयबाट राजनीतिमा प्रवेश गरेको थापाको भनाइ छ ।
काठमाडौं । नेपाल प्रेस युनियनले १३ गते वुधवार ३५औं स्थापना दिवस तथा विधान सभाको आयोजना विवाद मुक्त हुन सकेन...
काठमाडौं । नेपालमा अन्तर्राष्ट्रिय पर्यटक आगमन उत्साहजनक रूपमा बढ्दै गएको छ। सन् २०२६ को मे महिनामा कुल १ लाख २...
१. बजेट र जनअपेक्षा नेपालको संविधानको धारा ११९को उपधारा ३मा स्पष्ट लेखिएको छ—नेपाल सरकारको अर्थमन्त्रीले उपधारा १ बमोजिमको राजस्व र...