प्रतिनिधि सभाकाे बुधबारकाे बैठकमा पनि एमाले अवराेध कायमै – Naya Bikalpa
March 29, 2024, Friday

प्रतिनिधि सभाकाे बुधबारकाे बैठकमा पनि एमाले अवराेध कायमै

काठमाडौं । संघीय संसदको हिँउदे अधिवेशन अन्तरगत बुधबार तेस्रो बैठक सुरु भएको छ । प्रतिपक्ष दल नेकपा एमालेले बैठकमा अवरोध कायमै राखेको छ । सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु गरेसंगै एमाले सांसदहरुले ‘पक्षपूर्ण व्यवहार बन्द गर’भन्नेलगाउँदै बैठक अवरुद्ध पार्ने काममा निरन्तरता दिएका हुन् ।

संसदमा एमाले सांसदहरुले सभामुखले पटक पटकका सभालाई सूचारु गर्न सहयोग गरि आफ्ना असहमति बैठकमा राख्न गरेको आग्रहलाई बेवास्ता गर्दै नारा लगाएर विरोध जनाएका थिए ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालले पार्टीले कारबाही गरेका माधव नेपालसहितका १४ जना सांसदलाई कारबाहीको सूचना टाँस नगरेर सभामुख सापकोटा आफै पार्टी फुटाउने षडयन्त्रमा लागेको आरोप लगाउँदै आएका छन् ।

यसैको शिलशिलामा एमालले संसद अवरुद्ध पार्दै आएको छ ।

सम्बन्धित समाचार

कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा गर्न सर्वोच्चको आदेश
कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा गर्न सर्वोच्चको आदेश
  • २०७८ पुष ७, १३: ५०

काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङलाई निलम्बन नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ। न्यायाधीश मनोजकुमार शर्मा र विनोद शर्माको...

काठमाडौंको वाणभञ्ज्याङमा चैत २७ गतेदेखि विराट महायज्ञ हुँदै
काठमाडौंको वाणभञ्ज्याङमा चैत २७ गतेदेखि विराट महायज्ञ हुँदै
  • २०७८ पुष ७, १३: ५०

काठमाडौं । संघीय राजधानी काठमाडौंको मुख्य नाका चन्द्रागिरि नगरपालिकास्थित वडा नं. २ वाणभञ्ज्याङको कोइरालाथोकमा अवस्थित चण्डिकादेवी मन्दिर परिसरमा यही चैत...

आयरल्यान्ड ‘ए’ ले नेपाल ‘ए’ लाई २१ रनले हरायो
आयरल्यान्ड ‘ए’ ले नेपाल ‘ए’ लाई २१ रनले हरायो
  • २०७८ पुष ७, १३: ५०

  काठमाडौं । नेपाल भ्रमणमा रहेको आयरल्यान्ड ‘ए’ ले शुक्रबार खेलिएको पहिलो टी–२० क्रिकेटमा घरेलु टोली नेपालमाथि २१ रनको रोमाञ्चक...